बिराटनगर।  एमाले अधिवेशनस्थलको पहिलो प्रवेशद्वारमै पाँचवटा बुँदासहितको ब्यानर बोकेर प्रा.डा. बद्रीविशाल पोखरेलले धर्ना दिएका छन् ।

एमालेको कोशी प्रदेश अधिवेशनमा सहभागीहुन आएका नेता कार्यकर्तालाई पार्टी भित्रको गलत नेतृत्व र प्रवृत्ति विरुद्ध आवाज उठाउन आग्रह समेत गरेका छन् ।

ओलीले सम्बोधन गरेको उक्त कार्यक्रममा दुइ केन्द्रीय सदस्यलाई कार्वाहीको माग समेत गरिएको छ भने इटहरीमा गयराती आज्ञात रुपमा भण्डाफोर पर्चा समेत छरिएको छ।

उक्त पर्चामा इटहरी नगर र सुनसरी एमाले नेतृत्वहरुको प्रवृत्ति र अन्तरघातका घट्नालाई उल्लेख गरिएको छ।

मध्यराती छरिएको पर्चा आपत्तिजनक र रहस्यमय रहेको भन्दै एमाले नेताहरूले एमालेले यसबारे गम्भीर अनुसन्धान र अध्ययन सुरुगरिसकेको जानकारी दिए   l                       IMG_20230930_111255