सिताराम चन्द्रवंशी (समीर)

बराहक्षेत्र / "आफू पनि बचौ , सहयोग गरि दुखी पिडित लाई पनि बचाउ" भन्ने मुल नारा लाई आत्मा साथ गरि कबिरथ युवा एकता समाजले आर्थिक रु ७१ हजार एक सय ६० रुपैया सहयोग गरेका छन् ।

भारतमा काम विशेष यात्रा गर्दा सवारी दुर्घटनामा परि गम्भीर घाईते हुनु भएका बराहक्षेत्र नगरपालिका वडा नं. ०८ निवासी अङत कबिरथ पारिवारिक आर्थिक स्थिती एकदमै दयनिय अवस्थाकै कारण उपचार गराउन नसकिरहेको अवस्थामा समुदायमा दुख पिडामा परेका परिवार हरुको दुखमा सहारा बन्ने उदेश्य राखी स्थापना गरिएको कबिरथ समुदायको कबिरथ यूवा एकता समाज सक्रीय भएर आर्थीक सहयोग गरेका छन।

IMG-20230930-WA0014

गम्भीर चोट लागेर घाइते भएका अङत कबिरथको पारिवारिक आर्थिक स्थिती एकदमै कम्जोर अवस्थामा रहेकोले पिडित परिवारको पिडामा महलम लगाउने उद्धेश्यले कबिरथ युवा एकता समाजका अध्यक्ष सन्जय कबिरथ ( हाल दोहा कतार ) र सस्थाका संयोजक अमृत कबिरथ ( हाल रियाद साउदी अरब ) को नेतृत्वमा सामाजिक सन्जालको माध्यम बाट आफू पनि बाचौ सहयोग गरि दुखी पिडित लाई पनि बचाउ " भन्ने मुल नारा राखी पिडित अङत कबिरथको थप उपचारमा सहयोग पुगोस भनी ३ दिने अभियान चलाई आर्थिक सहयोग सङ्कलन गरेको थिए।

कबिरथ युवा एकता समाजका पदाधिकारीहरु अमृत कुमार कबिरथ सन्जय कबिरथ , युधिष्ठिर मण्डल श्रवण कबिरथ लक्ष्मण कबिरथ, मिथुन कबिरथ, उमेश मण्डल खड्गेस्वर कबिरथ , सन्जिब कबिरथ लगाएत अन्य समाज सेबि बुद्धिजीवी एवं शैक्षिक ब्याक्तित्वहरुको साथ सहयोगमा संचालित संस्था अहिले दुर्घटना , भएका अशक्त , दीन दुखी लाई मानवीय सेवा प्रदान गर्न निरन्तर रूपमा लागिरहेको छ। वैदेशिक तथा स्वदेश बाट आर्थिक संकलनको विभिन्न अभियान सन्चालन गरि देश बिदेशमा छरिएर रहेका समुदायका शिक्षित , बुद्दिजिबी , मिलनसार भावना तथा सहयोगी भावना भएका युवा पुस्ताहरुबाट आर्थिक सहयोग सङ्कलन गरिएका थिए भनी सचीव लक्षमण कबिरथले बताउनु भयो ।

IMG-20230930-WA0013

पिडित अङ्गत कबिरथको उपचारको लागि रकम अपुग भएकोले छर-छिमेकि र आफन्तजनले घर दैलो अभियान गरि आर्थिक सहयोग सङ्कलन गरिरहेको खबर थाहा पाए पछि कबिरथ युवा एकता समाजका विशेष भुमिकामा रहनु भएका पदाधिकारीहरुको आकास्मिक छलफल राखी हामी र हाम्रो सस्थाले समुदायको कुनै परिवार पिडामा हुदा हामिले ती पिडित परिवारको पिडमा महलम लगाउने काम गर्नु पर्छ भनी सबै ईष्टमित्र दाजुभाई स्वदेश तथा बिदेशमा रोजगार गरिरहनु भएका सबैमा आर्थिक सहयोगको लागि यश संस्था मार्फत अपिल गरेको थियौं भनी सस्थाका संयोजक अमृत कबिरथले बताउनु भयो । 

IMG-20230930-WA0012

आपतकालिन अवस्था जस्तै कि घिशु चन्द्रबशी र हरिबोलको घरमा आगलागी हुदा सस्थाले आगलागी पिडित परिवारलाई केही आर्थिक सहयोग प्रदान गरेको थियो।साकृती झल्काउने चित्रकला प्रतियोगिता सन्चालन गरि जातिय सस्कृती , भेषभुषा र पहिरन पछिल्ला पुस्तालाई चिनाउदै जगेर्णा गर्ने उदेश्य राखी सन्चालन गरेको भनी श्रवण कुमार मण्डल ले जानकारी गराएका छन््

 सामाजिक कार्य गर्दा होस या प्राकृतिक प्रकोपको परिस्थतीमा युवाहरुले देखाउने सहयोगी भावनाले र सकृयताले समाजको आपसी सदभाव, सहयोग र एकतालाई स्पष्ट पार्दछ । विषम परिस्थतीमा एक अर्कालाई बिना सहयोग समाज अगाडि बढन सक्दैन ।समाज र समुदायलाई अघि बढाउन होस या सामाजिक कार्य गर्न युवा पुस्ता सकृय भएर लाग्नु पर्ने आजको आवस्यक्ता रहेको भनी समुदायका एक अग्रज बिरेन्द्र कबिरथले बताउनु भयो।

कोभिड १९ का कारण बिश्व नै स्वास्थ संकटमा रहेको बेला 

 कबिरथ युवा एकता समाज २०७७ साल माघमा स्थापना भई झापा, मोरङ , सुनसरी र काठमण्डौ जिल्लाहरुमा बर्षौ वर्ष देखि बसोबास गरिआएका युवाहरु स्वदेश तथा बिदेशमा रहेरै पनि सामाजिक कार्यको लागि सकृयतापुर्वक सामाजिक सन्जाल मार्फत लगभ तीन सय बढी युवाहरु सस्थाको सदस्यता लिएका छन।

यस सस्था गैर नाफामुलक सस्था रहेकोले यश संस्थाको सदस्यता लिन कुनै शुल्क नलाग्ने संस्थाका अध्यक्ष सन्जय कबिरथले बलाउनु भयो।सहयोग हस्तान्तरण कार्यमा सस्थाका क्रियासिल सदश्य श्रवण कुमार मण्डल, सचिब लक्ष्मण कबिरथ, सदस्य मिथुन कबिरथ , आर्थिक समिति सदस्य सन्तोशी कबिरथ को नेतृत्वमा समाजका अग्रज , बुद्दिजिबी , युवा दाजुभाइ र समाज का केही ब्यक्तिहरुको उपस्थितिमा सङ्कलन भएको आर्थिक रकम पिडितको घरैमा परिवारका सदस्यलाई हस्तान्तरण गरिएको थियो।

कबिरथ युवा एकता समाजले उल्लेख छ 'बिधान मा प्रष्ट लेखियो कि कबिरथ युवा एकता समाज स्वक्ष , निश्पक्ष , निस्वार्थ भएर समुदायको उथ्थानको लागि , समुदायमा कुनै पनि परिवार प्रकृतिक प्रकोप जस्तै बाढी पहिरो मा पर्दा होस या आकाश्मिक नचिताएको दुर्घटना जस्तै आगलागी या अन्य त्यस्तै नसोचेको दुर्घटना भएको अवस्थामा सो पिडित परिवार लाई सके सम्म छिटो उद्दार को कार्यमा युवा परिचालन गरि , आवश्यक राहत को प्याकेज प्रदान गरि पिडित ब्यक्तिको दैनिकी सहज बनाउन गाँस बास को ब्यवस्थापन गर्न यो संस्था लागि पर्ने छ भनि उल्लेख गरिएको छ।