कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाले ३३ ‌औं जेष्ठ नागरिक दिवसका अवसरमा १२० जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ । 

८० वर्ष भन्दा माथिका जेष्ठ नागरिकलाई आइतबार कानेपोखरी गाँउपालिका अध्यक्ष राजमती इङ्गनामले सम्मान गरेकी हुन । 

पालिकाको प्राङ्गणमा भएको सो सम्मान कार्यक्रममा १ थान टर्चलाइट, १ थान लौरो, १ थान छाता र सम्मान सहित यातायात वापत ३०० रुपैयाँले सम्मान गरिएको थियो । 

सो अवसरमा शुभकामना व्यक्त गर्दै पालिका अध्यक्ष इङ्गनामले स्थानिय सरकारले संविधानको कार्यान्वयन गर्दै हरेक नागरिकलाई स्थानिय सरकार रहेको प्रत्याभूति दिलाउने प्रयास गरिरहेको बताइन । हामीले यसरी सम्मान गर्ने बानीको विकासले हाम्रा पछिल्ला पुस्ताले समेत यसको सिको गर्नेमा आफु ढुक्क रहेको समेत सुनाइन् । 

FB_IMG_1696180158969

त्यस्तै, पालिका प्रवक्ता सुशील बुढाथोकीले वडा र पालिका सधैं जेष्ठ नागरिकको र जनताको पक्षमा रहेको बताए । 

कार्यक्रममा जेष्ठ नागरिक, अपांग समिति कानेपोखरीका अध्यक्षहरु लगायतले पनि शुभकामना मन्त्वय व्यक्त गरेका थिए । 

कानेपोखरी गाउँपालिकाले प्रत्येक वर्ष जेष्ठ नागरिक दिवसका अवसरमा सम्मान गर्दै आइरहेको छ ।