विराटनगर : द्वारिकलाल चौधरी पहिलो पटक एमालेको कार्यक्रममा सहभागी भएका छन् ।

शुक्रबारबाट विराटनगरमा सुरु भएको एमाले कोशी प्रदेशको प्रथम अधिवेशनमा चौधरी सहभागी बनेका छन् ।

चौधरी एमालेबाट टिकट नपाएपछि माओवादी प्रवेश गरेका थिए । तत्कालीन कांग्रेस नेतृत्वको गठबन्धनमा माओवादीबाट प्रदेशसभाको टिकट पाए पनि चौधरी एमालेका रेवतीरमण भण्डारीसँग पराजित भएका थिए ।

Screenshot_2023_1002_232618

लामो समयदेखि एमालेको राजनीतिमा सक्रिय रहेका चौधरी इटहरी उपमहानगरपालिकाका पूर्व मेयरसमेत हुन् । चुनावमा पराजित भएपछि उनी माओवादीमा पनि निष्क्रिय बसेका थिए । उनले केही समयअघि एमाले आफ्नो घर भएको बताउँदै आफू एमालेमा फर्किन लागेको बताएका थिए ।