बराहक्षेत्र / सुनसरीको आदर्श मावि बराहक्षेत्रमा मानसिक स्वास्थ्य समस्या र आत्म हत्या रोकथाम सम्बन्धी सचेतना मुलक कार्यक्रम सञ्चालन भएको छ इलाका प्रहरी कार्यालय महेन्द्र नगरको आयोजना र ओरेक सुनसरीको सहकार्यमा कार्यक्रम सञ्चालन भएको हो। 

IMG-20231003-WA0016

विगत ३ वर्षको तथ्यांकलाई हेर्ने हो भने मनोसामाजिक स्वास्थ्य समस्या दिनानुदिन बढ्दै गइरहेको र प्रत्येक वर्ष आत्महत्याको दर बढ्दो देखिन्छ। यसलाई न्यूनीकरण गर्न सचेतना मुलक कार्यक्रम र मनोविमर्श सेवा पनि आवश्यक पर्ने भएकाले इलाका प्रहरी कार्यालय महेन्द्र नगरले ओरेकसंग साझेदारी गरेर कार्यक्रम सञ्चालन गरको ओरेक सुनसरी कार्यक्रम अधिकृत विमला घिमिरेले जानकारी दिनु भयो कार्यक्रममा १०० जना बिध्यार्थीको सहभागिता रहेको थियो।

IMG-20231003-WA0018कार्यक्रमलाई इलाका प्रहरी कार्यालय महेन्द्र नगरका इन्स्पेक्टर राम प्रसाद तिमिल्सिनाले सहजीकरण गर्नु भएको थियो ।  बराहक्षेत्र वडा नं २ अध्यक्ष होम प्रसाद गौतम, व्यवस्थापन समिति अध्यक्ष यादव गौतम लगाायत शिक्षक, बिध्यार्थीको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको इन्स्पेक्टर तिमिल्सिनाले बताउनुभयो।

IMG-20231003-WA0014