बिराटनगर / नासा नेपाल कोशी प्रदेशले वार्षिक कार्ययोजना बैठक सम्पन्न गरेको छ मोटर स्पोर्ट्स र अटोमोबाइल मोबिलिटी, टुरिजम , रोड सेफ्टी र खेलकुद क्षेत्रमा कार्य गरिरहेको नासा नेपालको कोशी प्रदेशले केचना देखि कन्चनजंघा सम्म मोटर र्याली र बिराट राजा दरबार बिराटनगर देखि उदयपुर साल्पा पोखरीको सम्म मोटरसाइकल र्याली गर्ने भएको छ ।
नासा नेपालको कोशी प्रदेशको बिराटनगरमा बसेको प्रथम बैठकबाट २०८० चैत २८ गते केचना देखि कन्चनजंघा सम्म मोटर र्याली र २०८० पौस ५ गते बिराटनगर बिराट राजाको दरबार देखि उदयपुर सम्म मोटरसाइकल र्याली गर्ने निर्णय भएको नासा नेपाल कोशी प्रदेश सचिब सन्तोष कुमार थापाले बताउनुभयो ।
नासा नेपालका कोशी प्रदेश अध्यक्ष प्रकाश कपुरीको अध्यक्षता तथा नासा नेपालका कार्यकारी निर्देशक गोविन्द भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले धरानमा मोटरसाइकल रेसिङ र बिबिर्तामोडमा नेपाल अटो जिमखाना च्याम्पियनसिप को समेत आयोजना गर्ने निर्णय गरेको हो ।
कोशी प्रदेश पर्यटन को हब भएकोले यसलाई चलायमान बनाउन पर्यटन र खेलकुदलाइ जोड्न यस्ता कार्यक्रम आवश्यक रहेको नासा नेपालको कोशी प्रदेश संघ सल्लाहकारमा भबेसकुमार श्रेष्ठले बताउनुभयो ।

