सुनसरी / नेकपा एमाले कोशी प्रदेश कमिटीमा निर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।


सो कार्यक्रममा नेकपा एमालेको प्रथम कोशी प्रदेश अधिवेशनबाट निर्वाचित अध्यक्ष घनश्याम खतिवडा, उपाध्यक्ष टिकाराम चेम्जोङ, सचिव राजकुमार भण्डारी, उपसचिवहरु जलवर्षा राजवंशी र देवान र्राई तथा २१० जना सदस्यहरुलाई सामुहिक शपथ ग्रहण गराइएको थियो ।


नेकपा एमालेका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पार्र्टी भित्र हुदै नभएको गुट उपगुट सिर्जना गर्ने प्रयास भईरहेको र हौवा फैलाउने कार्य भईरहेको गुनासो गरे ।


बुधवार विराटनगरमा आयोजना गरिएको एमाले कोशी प्रदेश समितिका निर्वाचित पदाधिकारीहरुको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै एमालेलाई विभाजन गराउन पार्टी भित्र दरार पैदा गर्न अहिले पनि देशी विदेशी शक्तिहरु लागिपरेकोले यस तर्फसचेत भएर हिड्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिए ।


उनले आफुले पाएको जिम्मेवारीलाई अत्यन्त निर्मम ढंगले पूरा गर्न निर्देशन दिदै प्रत्येक वडामा ५१ प्रतिशत मत र्पुयाउने गरी कार्य गर्न आग्रह समेत गरे । उनले नेकपा एमालेको भिजन सुखि नेपाली र समृद्ध नेपाल निर्माण गर्ने र सवै क्षेत्रमा विकास गर्नुका साथै गरिवि निवारण गर्ने उद्येश्य रहेको बताए ।


अध्यक्ष ओलीले लोकतान्त्रिक पार्र्टीमा आपसमा स्वस्थ प्रतिस्पर्धा हुनु र निर्वाचित हुनुलाई सामान्य ढंगले बुझ्न नेता कार्यकर्ताहरुलाई निर्देेसन दिए ।