सुनसरी / गछिया नकआउट फुटबल प्रतियोगिताको उपाधि इटहरी फुटबल क्लबले हात परेको छ ।
असोज ३ गते देखि मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर -७ मा गछिया फुटबल क्लबले आयोजना गरेको खेलमा इटहरी फुटबल क्लबले पहिलो पुरस्कार हात पारेको हो । इटहरीले पेनाल्टीमा ९ गोल प्रहार गरेर पहिलो पुरस्कार २० हजार नगद सहित प्रमाण पत्र , मेडण हात पारेको हो ।
दोस्रोमा दुलारी फुटबल क्लबले मेणड प्रमाण पत्र सहित १२ हजार हजार पुरस्कार पाएको थियो । १४ टिमको सहभागीमता खेल भएको थियोे ।
खेलको प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाका नगर- प्रमुख केदारप्रसाद गुरागाई , विशिष्ट अथिति नेपाली काङ्ग्रेस सुन्दरहरैंचाका नगर सभापति भक्ति सिटौला , सुन्दरहरैंचा नगरपालिका वडा नम्बर -२ का वडा अध्यक्ष विवस प्रदान , सुन्दरहरैंचा नगरपालिका वडा नम्बर -३ का वडा अध्यक्ष विदुर प्रसाद डुङ्गना, सुन्दरहरैंचा नगरपालिका वडा नम्बर -७ का वडा अध्यक्ष कैलाश बस्नेत, सुन्दरहरैंचा नगरपालिका वडा नम्बर -७ का वडा अध्यक्ष भुवन सिंह आले मगरको उपस्थिति रहेको थियोे । 

त्यस्तै , गछिया जेसिसका अध्यक्ष प्रदिप विष्ट , नेपाली काङ्ग्रेस मोरङ क्षेत्र नम्बर -६ का सभापति देवराज तामाङ , सुन्दरदुलारी उद्योग वाणिज्य संघका अध्यक्ष जीवन प्रसाद डुङ्गाना , गछिया बजार व्यवस्थापन समितिका अध्यक्ष प्रलाद लिम्बू , विभिन्न संघ संस्थाका प्रतिनिधि, खेलाडी , पुर्व खेलाडी नबिन बराल स्थानीयको सहभागी रहेको थियोे । खेलको सञ्चालन जनक गौतमले गरेका थिए ।



