सुनसरी / मोरङ सुन्दरहरैंचा नगरपालिका वडा -८ सलकपुरमा रहेको ब्राइट फ्युचर सेकेण्डरी स्कुलले बुधबार अभिभावक शिक्षा कार्यक्रम  गरेको छ । प्लेग्रुप र युकेजिमा अध्यरत बालबालिका बिद्यार्थी, उनिहरुका अभिभावक तथा शिक्षकलाई सहजीकरण गरेको हो । वालवालिका वा विद्यार्थीका लागि अभिभावकको भूमिका कति अमूल्य छ भन्ने प्रष्ट पार्न अभिभावक शिक्षा कार्यक्रम आयोजना गरिएको प्रधानध्यापक टिकाराम ढकालले बताए । शिक्षामा गुस्तर कायम गर्नका लागि तिन वटा पिल्लर अभिभावक, शिक्षक र विद्यार्थी मध्ये यसलाई एउटा पिल्लरका रुपमा लिन सकिने कुरामा प्रिन्सिपल ढकालको जोड थियो ।

विद्यालयको सभाहलमा भएको उक्त कार्यक्रममा राष्ट्रिय प्रशिक्षक पुजा साहले सहजीकरण गरेकी थिइन् । कार्यक्रममा विद्यार्थी , अभिभावक लगाएको उपस्थिति रहेको थियो ।1696486627231IMG_20231005_120611