सुन्दरहरैंचा / बेलबारी जेसिजको आयोजनामा शुक्रबार युवालक्षित तालिम  UNLEASH YOUR PROTENTIAL नामक कार्यक्रम सम्पन्न भएको छ ।


बेलबारी नगरपालिका - १ स्थित क्रिमसन एजुकेशन हवको सभाहलमा भएको कार्यक्रममा ५० बढी युवाहरुको सहभागिता रहेको थियो  । तालिममा बेतना दैनिकका सम्पादक नरेन्द्र बूनेत र गछिया जेसिजका अध्यक्ष प्रदिप बिष्टले सहजीकरण गरेका थिए । 


बेलबारी जेसिजका अध्यक्ष ऐश्वर्यप्रसाद आचार्य (बिपिन) को अध्यक्षता इृन्द्रपुर जेसिजका पुर्व अध्यक्ष कृष्णप्रसाद ओझाको प्रमुख आतिथ्य र बेलबारी जेसिजका महासचिब पुष्कल सुवेदी (सियोम) को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।