सुनसरी / राष्ट्रिय निजी तथा आवसीय विद्यालय एसोसिएसन नेपाल नेशनल प्याब्सन नगर स्तरीय प्रतिभा पहिचान कार्यक्रम २०८० मा बेलबारी ४ को डेल्टा इङलिस स्कुल नगर प्रथम भएको छ । 


हस्तलेखन(अंग्रेजी र नेपाली), चित्रकला र वक्तृत्वकला  तीन वटै विधामा सिनियर र जुनियर २ वटा तहमा प्रतियोगिता भएको थियो । वक्तृत्वकला सिनियरतर्फ देश विकासमा पर्यटनको महत्व” र जुनियरतर्फ विद्यार्थी जीवनमा अनुशासनको महत्व भन्ने शीर्षकमा भएको थियो ।


जसमा सहभागी विद्यालयहरुमध्ये सिनियरतर्फ मोरङ ज्ञानोदय प्रथम, डेल्टा इङलिस स्कुल दोस्रो र कसेनी मोडल इङलिस स्कुल तेस्रो भएका थिए । चित्रकलाको सिनियरतर्फ कसेनी मोडल इङलिस स्कुल प्रथम, जेभियर इङलिस स्कुल दोस्रो र गुरुकुल पाठशाला तेस्रो भएका थिए।


यस्तै हस्तलेखनको सिनियर इङलिसतर्फ डेल्टा इङलिस स्कुल प्रथम, गुरुकुल पाठशाला दोस्रो र मोरङ ज्ञानोदय तेस्रो भएका थिए भने जुनियर नेपालीतर्फ गुरुकुल पाठशाला प्रथम, डेल्टा इङलिस स्कुल दोस्रो र माइलस्टोन इङलिस स्कुल तेस्रो भएका छन ।


हस्तलेखनको सिनियर नेपालीतर्फ गुरुकुल पाठशाला प्रथम , डेल्टा इङलिस स्कुल दोस्रो र मोरङ ज्ञानोदय तेस्रो भएका छन् भने जुनियर इङलिसतर्फ डेल्टा इङलिस स्कुल प्रथम, मोरङ चिनारी दोस्रो र गुरुकुल पाठशाला तेस्रो स्थान हासिल गर्न सफल भएका थिए। 


प्रतियोगितामा सहभागी विद्यालयमध्येबाट उत्कृष्ट डेल्टा इङलिस स्कुल समूह विजेता बन्न सफल भएको थियो भने क्रमश, गुरुकुल पाठशाला र मोरङ ज्ञानोदय उपविजेता घोषित भएका थिए। 


बेलबारी बहुमुखी क्याम्पसको सभाहलमा भएको नगरस्तरीय प्रतिभा पहिचान कार्यक्रममा शतप्रतिशत विद्यालयको उपस्थिति रहेको र प्रतियोगितामा पनि शतप्रतिशत सहभागिता रहेको  अध्यक्ष पर्वत राईले बताए । कार्यक्रममा प्रमुख अतिथि बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसाद राईको रहेको थियोे ।