इटहरी / इटहरी २ स्थित आपगाछीमा आज देखि १५ दिने सांस्कृतिक पर्यटन महोत्सव सुरू हुने भएको छ ।
महोत्सवका प्रमुख अथिति उद्योग वाणिज्य संघ कोशी प्रदेशका उपाध्यक्ष भिम बहादुर पौडेल उद्घाटन गरेका हुन् । विकास निर्माणकर्ताहरूको सञ्जाल इटहरीका अध्यक्ष बिशुधन राईको अध्यक्षतामा महोत्सव सुरू भएको हो । आजको उद्घाटन कार्यक्रममा सांस्कृतिक नाच, इटहरी २ का जेष्ठ नागरिकलाई सम्मान गरिएको थियोे ।
स्थानीय पर्यटन, सांस्कृतिलाई जगेर्ना गर्न ,व्यापार व्यवसायलाई उब्जाउने उद्देश्यसहित आज सुरु हुन लागेको महोत्सवको पहिलो दिन गायिका अस्मिता अधिकारीको प्रस्तुति रहेको छ । असोज २० गते (आज)बाट सुरु हन लागेको महोत्सव कार्तिक ४ गतेसम्म चल्ने छ ।

हरेक दिन विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने महोत्सवमा रोटेपिङ्ग, कोलम्बस, ट्राईगन, ब्रेक टान्स, र बच्चाका विभिन्न खेलहरू आकर्षणको रूपमा रहेको आयोजकले जनाएको छ ।
महोत्सवमा गायक प्रमोद खरेल, सबिन राई, राजेश पायल राई, शिव परियार, मेलिना राई, प्रीति आले, मिलन नेवार, ज्योति मगर, रचना रिमाल, एलिना चौहान, कमल खत्री, जीवव, अनु चौधरीलगायत स्थानीय कलाकारहरूको प्रस्तुति रहने तय भएको आयोजक आयोजक कमिटिका अध्यक्ष राईले जानकारी दिए ।
महोत्सव सफल बनाउनका लागि १५ वटा उपसमिति बनाइएको छ । महोत्सवमा दैनिक रुपमा जातीय भेषभुषा सहितको प्रस्तुति एवं साहित्यसम्बन्धी स्टलसमेत राखिको छ ।
महोत्सवबाट संकलन भएको रकम विपद् व्यवस्थापन कोष खडा गरिने संस्थाका अध्यक्ष राईले जानकारी दिए । महोत्सवमा २० वटा स्टल राखिएको छ ।
सो महोत्सवलाई इटहरी उपमहानगरपालिका इटहरी , इटहरी उपमहानगरपालिका २ नं. वडा कार्यालय , संगित साधना प्रतिष्ठान नेपाल ,तालतलैया विकास तथा संरक्षण समिति ,शान्तिनगर सामुदायिक वन उपभोक्ता समूह , युथ क्लव आँपगाछीले संरक्षण गर्ने भएको छ ।


