सुनसरी / कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पदबाट राजीनामा दिएका छन । 


विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले राजीनामा दिएका हुन । कोशी प्रदेशसभा बैठकमा सम्बोधन गर्दै उनले एमाले जस्तोसुकै सहमति, सहकार्य, आपसी एकता र विश्वास सिर्जना गर्न प्रतिबद्ध भएको र कोशी प्रदेशको राजनीतिक स्थायीत्वको लागि एकताबद्ध भएर अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता भएको बताए । 


उनले स्पष्ट बहुमत कसैको नभएको अवस्थामा सरकार मिलिजुली बनाउनु को विकल्प नभएको भन्दै उनले एमाले जस्तोसुकै त्याग गर्न तयार रहेको धारणा राखे ।  उनले कोशी प्रदेशको राजनीति जटिल मोडमा पुगेको हुनाले दलहरुले चालेको कदम ठिक भएको वा बेठिक भएको विषयमा सोच्नु बताए । 


उनले दलहरुबीचको सहमतिबाट मात्रै प्रदेशको समस्या समाधान गर्न सकिने बताए । उनले मध्यावधि निर्वाचनको पक्षमा कुनै पनि माहोल नभएको भन्दै उनले मध्यावधि रोक्न आफूहरु सहयोग गर्न तयार भएको बताए ।


उनले प्रदेशको अंकगणितलाई ख्याल नगर्ने हो भने मध्यावधिमा जाने देखिएको बताए । यद्यपि जनताको चाहना र मुलुकको अवस्थाले निर्वाचन गराउनु उपर्युक्त नभएको उनको भनाइ छ । एमाले काँगेस, माओवादीसँग पूर्वाग्रह नराखी सहमतिका साथ अगाडि बढ्न तयार रहेको बताउँदै कार्कीले आफू चार वर्ष प्रतिपक्षीमा बसेर काम गर्न तयार रहेको समेत बताए ।