सुनसरी / महिला सीप विकास केन्द्र इटहरीले सेलिब्रेटी वृमनहुड कार्यक्रम अन्तर्गत जना महिलालाई सम्मान गरेको छ ।


इटहरीमा नव देवि सम्मान २०८० कोशी प्रदेश प्रथम एपिसोडमा महिला सीप विकास केन्द्र इटहरीले सेलिब्रेटी वृमनहुड कार्यक्रम अन्तर्गत जना महिलालाई सम्मान गरेको छ । 


जसमा नवदेवी सम्मान कार्यक्रम मार्फत रिना घिमिरे, नजमुल खान, कुन्ती गुरुङ, कृष्णा अधिकारी, सुभद्रा प्याकुरेल, सीता श्रेष्ठ, गंगा गौतम, बालिका खड्का भटराई र झरना न्यौपानेलाई सम्मान गरिएको हो । 


घिमिरे, खान, गुरुङलाई क्रमशः अन्नपूर्ण, भगवती र भवानी अवार्डबाट सम्मानित गरिएको हो भने अधिकारी, प्याकुरेल र श्रेष्ठलाई दुर्गा, करुणा र लक्ष्मी अवार्डबाट सम्मानित गरिएको हो । यस्तै गौतमलाई महमाया, खड्कालाई सरस्वती र न्यौपानेलाई शक्ति अवार्डबाट सम्मान गरिएको हो । सो कार्यक्रममा पुस्तक विमोचन समेत भएको थियोे । 


कोशी प्रदेशको विभिन्न जिल्लाका उनीहरूले आआफ्नो क्षेत्रबाट महिला शशत्तिकरणको माध्यमबाट योगदान पुर्‍याएको भन्दै सम्मान गरिएको महिला सीप विकास कार्यालयले जनाएको छ । महिलाहरूले कानुनले मात्र दिएर भएन महिलाहरूले आट होस भन्ने उदेश्यले आयोजना गरिएको आयोजकले बताएको छ ।


कार्यक्रमलाई सामाजिक विकास मन्त्रालय कोशी प्रदेश विराटनगर , इटहरी उपमहानगरपालिका , नेपाल टेलिकम सहकार्य गरेको थियोे ।

IMG_20231008_094436