सुनसरी / सङ्खुवासभा जिल्लामा निर्माणाधिन अरुण तेस्रो जलविद्युत परियोजना अन्तर्गत छ्याङकुटी - दिदिङ पुखुवा जाने पहुंच मार्गमा ३ महिना अगाडी देखी जग्गा धनीहरुले आन्दोलन गर्दै आएका छन् ।
जग्गाधनीहरुलाई मुआब्जा दिने भनि नेपाल सरकार मन्त्रीपरिषद्को गत साल २०७८ चैत्र १७ गतेको निर्णय अनुसार निर्धारण भई सकेको मुआब्जा हाल सम्म नपाएको भनि स्थानिय जग्गाधनिहरुबाट सो पहुँच मार्गमा आवागमन हुने परियोजनाका सम्पुर्ण सवारी साधनहरु संचालनमा पुर्ण रोक लगाई स्थानियवासीहरु आन्दोलनरत रहेको आज ३६ औं दिन भएको छ । सो कार्यको परिणाम स्वरुप हाल विद्युत विकास कम्पनीले काम स्थगीत गरेको थियोे ।
जसका कारण नेपाल सरकारलाई पिडिएजे विमा संझौता बमोजिम दिनु पर्ने क्षतिपूर्तिको रकम अर्बौं रूपैयाँ घाटा भइसकेको विषय लिएर संखुवासभाको खादबारी नगरपालिका प्रमुख महेश थपलिया, मकालु गाउँपालिकाका अध्यक्ष ओङ्दीछिरिङ शेर्पा र चिचिला गाउँपालिकाका अध्यक्ष पासाङ नुर्बु शेर्पाद्वारा संयुक्त प्रेस विज्ञप्ति सार्वजनिक भएको छ ।
प्रेस विज्ञाप्ति मार्फत मन्त्रीपरिषदबाट भएको निर्णय बमोजिमको मुआब्जा रकम यहि २०८० सालको वडादसैं अगाडि नै निकासा तथा भुक्तानी गरि परियोजना निर्माणको कार्य सुचारु गर्न नेपाल सरकार समक्ष माग गरिएको छ ।
उक्त अनुरोधलाई बेवास्था गरि अझै ढिलासुस्ती गरेमा यस क्षेत्रमा अरुण नदिमा निर्माणधिन एवं संचालन हुने अन्य विद्युत परियोजनाहरुको कार्यान्वयनमा समेत नकारात्मक असर पर्ने र अरुण तेस्रो परियोजनाको ४०० के. भि. प्रशारण लाईन समेत कार्यान्वयन गर्न असहज हुन कुरा विज्ञप्ति मार्फत उल्लेख गरिएको छ ।
अरुण तेस्रो परियोजना निर्माणको सिलसिलामा मकालु गाउँपालिका वडा नं. ५ को दोभान, फ्याक्सीन्दा, आम्राड र सोनाखानी क्षेत्रमा र वडा नं ३ मा पर्ने नयाँबस्ती फेदीमा सुरुङ मार्ग निर्माणको सिलसिलसिलामा निष्कीएको माटो, ढुंगा लगायतका सामाग्रीहरु थुपारेर राखेको स्थानबाट वर्षात तथा निर्माणको सिलसिलामा विष्फोट भएको विष्फोटनको कम्पन एवं पहिरोको कारण स्थानिय व्यक्तिहरुको जग्गा पुरीनुको साथै क्षति पुगेको हुदा उक्त स्थानहरुको समेत स्थलगत निरीक्षण गरी जग्गावालाहरुलाई उचित क्षतिपूर्ति प्रदान गर्ने माग समेत गरिएको छ।


