विराटनगर / कोशी प्रदेशमका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजिनामा दिए पछि प्रदेश प्रमुख पर्शुराम खापुङ्ले नयाँ सरकार गठनका लागि ६ दिन अर्थात् २६ गते सम्मको समय दिएर आह्वान गरेका छन् ।
शनिबार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीको राजीनामा स्वीकृत गरेलगत्तै प्रदेश प्रमुख खापुङले नयाँ सरकार गठनको आह्वान गरेका हुन् । प्रदेश प्रमुखले दिएको समयसीमाभित्र उपधारा ५ अनुसार सरकार गठन गर्न नसके प्रदेशसभा विघटन हुने निश्चित छ । ९३ सदस्यीय प्रदेशसभामा बहुमत सदस्य ४७ सांसदको समर्थन लिएर जाने कुनै पनि सांसद मुख्यमन्त्री हुने संविधानमा व्यवस्था छ ।
कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा आबद्ध गठबन्धन दलहरूले राप्रपा समेतसँग सहमति गरेर नयाँ सरकार निर्माणको कसरत गरिरहेका छन् तर मुख्यमन्त्री कुन दलको हुने र को हुने भन्ने विषयमा दलहरू अहिलेसम्म निर्णय गर्न सकेका छैनन् ।
गठबन्धन भित्रका दलका नेताहरुले मुख्य मन्त्रीको दावी गरिरहेका छन्। तर पनि उनिहरुले मिलेर जानुपर्ने भन्न भने छोडेका छैनन् । यता मुख्य मन्त्री कार्कीले भने सहमति सहकार्यको लागि राजीनामा दिएर वाटो खोलेको बताएका छन् ।


