इटहरी/ संविधानसभाका अध्यक्ष स्व सुवास नेम्वाङको स्मृतिमा राष्ट्रिय युवा संघ इटहरीले आयोजना गरेको "स्व.सुवासचन्द्र नेम्वाङ स्मृति उप-महानगर स्तरिय फुटसल प्रतियोगिता २०८०" को उपाधि स्पोर्ट एरिना (ए) ले जितेको छ भने उपबिजेता को उपाधि उपविजेता हिमसिखर यफ•सि• ले जितेको छ।
असोज १९ गते सुरु भएको "स्व.सुवासचन्द्र नेम्वाङ स्मृति उप-महानगर स्तरिय फुटसल प्रतियोगिता २०८०" खेल १९ र २० गते २ दिन पाथिभरा फुटसल काव्यबाटिका भएको थियो खेलमा इटहरी उपमहानगरपालिका भित्रका २४ ओटा टिमले प्रतिस्पर्धागरेका थिए प्रतियोगितामा प्रथम हुनेले ५१ हजार सिल्ड, मेडल र प्रमाणपत्र र दोस्रो हुनेले ३१ हजार सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको राष्ट्रिय युवा संघ इटहरीका अध्यक्ष कमल जङ्ग दाहाल ले बताए ।

स्व.सुवासचन्द्र नेम्वाङ स्मृति उप-महानगर स्तरिय फुटसल प्रतियोगिता२०८०" खेलको उद्घाटन स्वर्गीय नेम्वाङका छोरा सुहाङ नेम्वाङ को प्रमुख आतिथ्यतामा सम्पन्न भएको र समापन नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज महेश बस्नेत को प्रमुख आतिथ्यतामा सम्पन्न भएको सचिब सुमन कट्वालले बताए।

उक्त कार्यक्रममा कोशी प्रदेश सभा सदस्य रेवती रवण भण्डारी, इटहरी नगर कमिटि अध्यक्ष याम सुब्बा, राष्ट्रिय युवा संघ कोशी प्रदेश अध्यक्ष अरुण गुरुङ, सुनसरी अध्यक्ष सुजन लामा मोरङ्ग अध्यक्ष प्रबिण घिमिरे, अनेरास्ववियु कोशी प्रदेश अध्यक्ष जीबी गजल लगायात खेल प्रेमी स्थानीय बुद्धिजिबी, जनप्रतिनिधिको उपास्थिति रहेको थियो ।



