मिलन अधिकारी 

संखुवासभा / चिचिला गाउँपालिकाले विगत वर्ष देखि नै पर्यटन क्षेत्रलाई प्राथमिकतामा राख्दै यसको सम्वर्द्धन तथा प्रवर्द्धनमा लागि परेको छ । चिचिलाका  पर्यटकीय क्षेत्रहरुको भौतिक पूर्वाधार निर्माण सँगै प्रचार प्रसारमा पनि  पालिकाले जोड दिदै आएको छ ।


यहीँ असोज २७ गते अन्तरराष्ट्रिय सांस्कृतिक सम्मेलन २०८० को आयोजना गरी पर्यटन प्रवर्द्धन गर्ने तयारी गरिएको छ । सम्मेलनमा भारत आसामबाट आदिवासी समुदाय काभिं कुफ आमेई,  संयुक्त राज्य अमेरिका र मित्रराष्ट चिनबाट समेत प्रतिनिधिमूलक उपस्थिति रहने चिचिला गाउँपालिका अध्यक्ष पासाङ नुर्बू शेर्पाले जानकारी दिए ।


सम्मेलनमा चिचिला गाउँपालिका लगायत संखुवासभा जिल्लाको खादबारी नगरपालिका, चैनपुर नगरपालिका, पाँचखपन नगरपालिका, मादी नगरपालिका, धर्मदेवि नगरपालिका, मकालु गाउँपालिका, भोटखोला गाउँपालिका, सभापोखरी गाउँपालिका,  सिलिचोङ गाउँपालिका गारी ९ वटा पालिकाहरुको जातजातिहरुको सांस्कृतिक झाँकीहरु समेत प्रस्तुत हुने जानकारी गाराइएको छ । 


स्थानिय उत्पादनहरुको स्टलको प्रर्दशन गर्ने  भएको छ । गाउँपालिका भित्रका जातजातिहरुकाे साँस्कृतिक झाँकी प्रदर्शन गरिनेछ भने जिल्लाका अन्य स्थानीय तहहरुबाट समेत झाँकी सहितकाे जनप्रतिनीधिहरुकाे सहभागिता रहने पत्रकार सम्मेलनमा बताईएकाे छ ।


उक्त सम्मेलनले  चिचिला गाउँपालिकाको सांस्कृतिक एवम् पर्यटन क्षेत्रको प्रचारमा टेवा पुग्ने गाउँपालिकाको अपेक्षा गरेको कुरा समेत प्रेस विज्ञप्ति मार्फत जानकारी गराइएको छ ।