बराहक्षेत्र / सुनसरीको बराहक्षेत्र नगरपालिका- ९ चतरा बसपार्कबाट इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाको कमाण्डमा खटिएको प्रहरी टोलीले सन्जय लिम्बुको घरमा लुकाएर राखेको ठूलो र सानो आकारको हरिणको सिंग ५ वटा, नियन्त्रित लागूऔषध र मोबाइल बरामद गरेको छ ।
राइको घरबाट लागूऔषध Tramadol Hydrochloride Capsule क्याप्सुल ४४० वटा, Spasmo ट्याब्लेट ८० वटा र Spaspain ट्याब्लेट ४५० वटा गरि जम्मा ९७० बटा क्याप्सुल, काठको डमी बन्दुक १ थान , दाँत भएको फलामको १ थान , मोबाइल -४ थान समेत बरामद गरेको प्रहरी निरीक्षक तिमल्सिनाले बताए ।


