सुनसरी / इटहरीमा रहेर विगत २३ वर्ष देखि सञ्चालन हुदै आएको महिला बचत ऋण सहकारी संस्थाले आफ्नो २६ औं स्थापना दिवस मनाएको छ ।
इटहरीमा रहेर सञ्चालन हुदै आएको महिला बचत ऋण सहकारी संस्थाको २६ औं स्थापना दिवस मनाएको छ । ७ करोड भन्दा वढी सेयर पुँजी रहेको संस्था हो ।
प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय इनरुवाका रजिष्ट्रार हरिवहादुर खत्रीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सञ्चारकर्मी सुप्रिया राई सहित सहकारीसंग सम्वन्धीत विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
यसरी सम्मानीत हुनेहरुमा सहकारीकी उत्कृष्ट सञ्चालक मुना प्रसाई तिम्सिना , उत्कृष्ट पुर्व सञ्चालक धनकुमारी लिम्वु , उत्कृष्ट कर्मचारी दमन्ता गुरुगं लगायतका सेयर सदस्यका चिकित्सक र इन्जीनियर अध्ययनका लागि नाम निकाल्ने सन्तती लगायतलाई रहेका छन् ।
संस्थाका विभिन्न कार्यक्रममा सहभागी हुने , व्यवसायी हुने , निति नियम बनाउन सहभागी हुने, बचत कर्ताको सुझाव लिने , यो संस्था सुनसरीमात्र सरनभएर राष्ट्रिय स्थरको संस्था बनाउन सदस्यहरूको अहम् भुमिका खेल्न जस्ता महत्त्वपूर्ण काममा लाग्न २६ औं स्थापनाका विशिष्ट अतिथि जिल्ला सहकारी संघ लिमिटेड सुनसरीका अध्यक्ष गंगा प्रसाद दाहालले बताए ।
कोशी प्रदेशको महिलाहरूले नेतित्व नेतृत्व गरेको महिला सहकारी संस्था हो । सहकारीले आफ्नो जिम्मेवारी पूरा गरेर अगाडि बढ्दा सहकारीको नाम राख्ने संस्था बन्ने संस्थाकि अध्यक्ष अमृता सुब्बाले बताइन् ।


