सुन्दरहरैंचा: युवासंघको अधिवेशनको क्रममा एमाले नेता महेश बस्नेत झापा आउने भनेका छन् । युवासंघ अर्जुनधारा नगरकमिटीको अधिवेशन उद्घाटन गर्न बिहिवार बस्नेत झापा आउने भएका हुन् ।
नगरकमिटीको अधिवेशन उद्घाटन गर्ने कार्यक्रममा झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकहरुले भने युवासंघ र महेश बस्नेतलाई अवरोध गर्ने तयारी गरेको बुझिएको छ । केहि दिन अगाडी मात्र प्रसाईंलाई काठमाडौको एक होटेलमा मोसो दलिएको थियो ।
आफुलाई महेश बस्नेतले परिचालन गरेका केटाहरुले आफुमाथि दुर्ववहार गरेको आरोप लगाएका थिए । त्यही बिसयलाई लिएर प्रसाईं समर्थक समुहले झापाको कार्यक्रमा बस्नेतलाई प्रतिरोध गर्न सक्ने भन्दै युवासंघले ठुलो मात्रामा कार्यकर्ताहरु परिचालन गर्ने र आवश्यक परे संघ काउन्टर लिन र दिन तयार भएको जनाएको छ ।
आफ्नो शान्तिपूर्ण कार्यक्रममा अराजकता देखाउन खोजे त्यसबाट हुने क्षतिको जिम्मेवार आफैं हुनुपर्ने राष्ट्रिय युवा संघ कोशी प्रदेश अध्यक्ष अरुण गुरुङले बताए ।
उनि विगतमा एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भक्तपुरस्थित निवासमा जुम्लाको मार्सी चामलको भात खुवाएपछि उनी मार्सी नामले पनि प्रख्यात भए ।


