सुनसरी / इटहरी १९ ब्रम्हपुरमा यही कात्तिक १७ गतेदेखि २५ गतेसम्म अल्टिट्युड रनिङ्ग कप  हुने भएको छ ।


प्रतियोगिताको बिजेता टिमले नगद दुई लाख २२ हजार र उपबिजेता टिमले नगद एक लाख ११ हजार हात पार्ने आयोजकले जनाएको छ । खेल संयोजक मनोज तामाङकाअनुसार २० तोला चाँदीको शिल्ड राखिने अल्टिट्युड क्लबका अध्यक्ष पीताम्बर तिम्सिनाले जानकारी दिए ।


हरेक दिनको म्यान अफ दि म्याच भएका खेलाडीलाई नगद तीन हजार पाँच सयसहित मेडलसमेत प्रदान गरिने जनाइएको छ ।प्रतियोगितामा अफ्रिकन टोलीसहित आठवटा टिम सहभागी हुने क्लबका अध्यक्ष तिम्सिनाले जानकारी दिए । रनिङ्ग कप लगातार तीन वर्षसम्म सञ्चालन हुने उनको विश्वास छ ।


पर्यटकीय स्थलबारे प्रचार गर्नका लागिसमेत उक्त ठाउँमा प्रतियोगिता आयोजना गर्न लागिएको क्लबका सचिव रोशन भुजेलले बताए ।