सुनसरी / इटहरी खानेपानी उपभोक्ता संस्थाको १९ औं परिषद बैठक अर्थात साधारण सभा उद्घाटन भएको छ ।

एसियाली विकास बैंकको अनुदानमा योजना निर्माण भई इटहरीका स्थानीयलाई खानेपानीको सुविधा दिदै आएको इटहरी खानेपानी उपभोक्ता संस्थाको १९ औं साधारण सभा सम्पन्न भएको छ ।

इटहरी उप-महानगरपालिकामा २० वटा वडाहरुमध्ये संस्थाले पूर्ण र आंशिक गरी १४ वटा वडामा सेवा विस्तार र प्रवाह गरिरहेको संस्थाले शुक्रबार साधारणसभा गरेको छ । इटहरीका ४२ हजार घर धुरीमध्ये २२ हजारभन्दा बढी घरधुरीलाई खानेपानी वितरण गरिएको छ ।

यस उप-महानगरपालिकामा २० ओटा वडाहरू मध्य १४ ओटा वडामा यस संस्थाले सेवा विस्तार र प्रवाह गरिरहेको छ । हाल यस उप-महानगरपालिकामा ४२,००० घरधुरीमा जम्मा ५१,५०० परिवारको बसोबास रहेको छ । जसमध्ये यस उपभोक्ता संस्थाबाट २२,६७० भन्दा बढी घरधुरी र त्यहाँ आश्रित परिवारसमेत गरी एक लाख पच्चिस हजारभन्दा बढी जनसङ्ख्यामा नेपाल गुणस्तरको खानेपानी औसत दैनिक १८ घण्टा वितरण गरिएको इटहरी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष रामप्रसाद चौलागाईले जानकारी दिए ।

कार्यक्रमकाे प्रमुख अथिती प्रतिनिधि सभा सदस्य भगवती चाैधरीले पानसमा बति वालेर कार्यक्रमकाे उद्घाटन गरेकी थिईन् । उद्घाटन कार्यक्रममा बाेल्दै चाैधरीले इटहरी खानेपानीले इटहरीबासीलाई सुविधा दिएकाेमा धन्यवाद दिदै साधारणसभा सफलताकाे कामना समेत व्यक्त गरिन् ।IMG_20231013_172156

शालिकराम ढकाल सचिवद्वारा प्रस्तुत संस्थाको प्रगति प्रतिवेदनमाथि छलफल , कोषाध्यक्षद्वारा प्रस्तुत संस्थाको आर्थिक प्रतिवेदन माथि छलफल  लेखा समिति संयोजकद्वारा प्रस्तुत लेखा समितिको प्रतिवेदन माथि छलफल र पारित, आ.व.२०७९/०८० को लेखापरीक्षण प्रतिवेदन अनुमोदन , आ.व.२०८०/०८१ को अनुमानित आय-व्यय (बजेट) माथि छलफल र पारित , आ.व.२०८०/०८१ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक तोक्ने सम्बन्धमा छलफल र ऋण लिने लगाएत विषयमा बन्द सत्रमा भएको छ । सो संस्थाले नयाँ नेतृत्व चयन गर्ने भएको छ ।IMG_20231013_172328