विराटनगर / कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका सांसद केदार कार्कीलाई नियुक्त गर्न माग गर्दै ४८ सांसद प्रदेश प्रमुखको कार्यालय पुगेका छन् ।

नेकपा एमालेका ३९ र काङ्ग्रेसबाट विद्रोह गरेका ९ जना प्रदेशसभा सदस्य सशरीर प्रदेश प्रमुखको कार्यालयमा उपस्थित भएका हुन् । बिहीबार नेपाली कांग्रेसका केदार कार्की र नेकपा माओवादी केन्द्रका इन्द्र आङ्बोले मुख्यमन्त्री दाबी गरेका थिए।

उनीहरू दुवैले ४७/४७ जना सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुखकोमा दाबी गरेका थिए।