सुनसरी / दुहवी नगरपालिका - १२ मा रहेको टेङ्गरा टोलमा उरावँ सांस्कृतिक समाजद्वारा करम पुजा महोत्सव आयोजना गरिएकोे हो ।

शनिबार उरावँ समुदायले आफ्नो संस्कृति अनुसारका नृत्य प्रर्दशन गरि मनाउने गरेका छन् । उक्त करम पर्वमा विशेष गरि महिलाहरु व्रत वस्ने गर्छन । उराँव समुदाय मधेसको लोपउन्मुख जाती हो । 

वर्षमा एक पटक मनाउने गरेको करम पुजा उराँव समुदायको महत्त्वपूर्ण पर्व हो । कार्यक्रममा विभिन्न खाल्का नृत्य प्रस्तुत गरिएको थियो । मेनुका खतिवडाको प्रमुख आतिथ्यतामा सुरु भएको कार्यक्रमा मेनुका खतिवडाले करम पर्वमा उराँव महिलाहरु आफ्नो परिवारको सुख शान्ति समृद्धको कामना गर्दै वर्त बस्ने गरेको समेत उहाँले बताउनु भयो । 

नगरपालिका द्वारा पनि उराँव समुदायको  संरक्षण गर्न पहलकदम चाल्दै आएको उहाँले जिकिर गर्नुभयो । उराँव समुदायको करम  पर्वको छुट्टै महत्त्व रहेको छ । उराँव समुदाय छुट्टै सास्कृतिक विशेषता भएको समुदाय हो ।

करम पर्वको कार्यक्रमको  सभापती धिरन कुमार उराँव रहनु भएको थियो । प्रमुख अतिथिमा दुहबी नगरपालिकाको उपप्रमुख मेनुका पोखरेल खतिवडा रहनु भएको थियो । अतिथि खड्ग बहादुर उराँव, विमला देवी उराँव, पुप लाल उराँव, उराँव समुदाय, लगायत स्थानीयको करम पुजा महोत्सवमा उपस्थिती रहेकोे थियो ।IMG-20231014-WA0021IMG-20231014-WA0020