इटहरी / इटहरीमा रहेको कस्तुरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले एक कार्यक्रमको आयोजना गरी १२ औं साधारण सभा सम्पन्न गरेको छ ।
संस्थाका उपाध्यक्ष भुवनाथ दाहालको अध्यक्षता तथा बचत तथा ऋण सहकारी संग लिमिटेड सुनसरीका बरिष्ठ उपाध्यक्ष प्रलाध दाहालको प्रमुख आतिथ्यतामा १२ औं साधारण सभाको खुला सत्र सम्पन्न गरेको हो ।
वार्षिक साधारण सभाका अवसरमा सहकारीमा आवद्ध विभिन्न विधामा शेयर सदस्यहरुलाई सम्मान गरिएको थियोे । सम्मानीत हुनेहरुमा उत्कृष्ट वचतकर्ता हर्क बहादुर बिश्वकर्मा ,उत्कृष्ट ऋणी मन्जु कुमारी कपुरी र उत्कृष्ट बजार प्रतिनिधि रिता राउतलाई कार्यक्रमका प्रमुख अतिथी लगायतले सम्मान गरेका थिए ।
४ सय ७ जना शेयर सदस्य रहेको कस्तुरी बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७९ ।०८०मा एक करोड ९९ लाख ६९ हजार ५१ रुपैया ऋण लगानी गरेको उपाध्यक्ष दाहालद्धारा प्रस्तुत बार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सस्थाको उपाध्यक्ष पसुपती कुमारी खड्का सचिवमा राजेन्द्र खतिवडा, कोषाध्यक्षमा रंजिता ढकाल निर्वाचित हुनुभएको निर्वाचन संयोजक राजन दाहाल ले जानकारी दिनुभयो । यस्तै सदस्यहरुमा राजन राउत , निरिनाथ दाहाल, बुद्दी प्रसाद ढकाल, माधब प्रसाद गुरागाईं, सुसिला मैया कार्की, लेखा समिति संयोजकमा रण बहादुर सुबेदी र सदस्यमा तुलसी प्रसाद भट्टराई र विद्यापति दाहाल चयन हुनुभएको अध्यक्ष दाहालले जानकारी दिनुभयो ।
सो अवसरमा आगामी नीति तथा कार्यक्रममा शेयर सदस्यता वृद्धि गर्ने , बाल बचतलाई प्रोत्साहन गर्न खुत्रुके बचत कार्यक्रम सञ्चालन गर्ने ,ऋण असुलीलाई संस्थाको नियम अनुसार मासिक व्याज र किस्ता असुलीमा कडाई गरिने र सहकारि लाइ इ नमुना सहकारि बनाउन लागि पर्ने नव निर्वाचित अध्यक्ष दाहालले बताउनुभयो ।


