इटहरी उपमहानगरपालिका सहकारी शाखाका प्रमुख बालकृष्ण पोखरेललको प्रमुख आथित्यातामा साधारणसभा सुरू भएको थियोे ।
संस्थाको १२ औँ वार्षिक साधारण सभामा लक्ष्मी प्रसाद लिम्बू , तोत्र कुमारी खनाल , कमल बहादुर श्रेष्ठलाई जेष्ठ नागरिक सम्मान , उत्कृष्ट उपसमिति संयोजकमा भरत खड्का , उत्कृष्ट सदस्यता वृद्धि मा सम्मान मिलन त्रिताल , उत्कृष्ट एस.इ.ई मा २ जना र उत्कृष्ट +२ मा २ जना लाई सम्मान गरिएको संस्थाका अध्यक्ष मिलन त्रितालले जानकारी दिए ।
यस संस्थाले आर्थिक वर्ष २०७९/८० को कुल आम्दानी १६,१५०,०१४.७३ , कुल खर्च १२,०००,३८२.५७, खुद नाफा ४,१४९,६३२.१६ गरेको छ ।
आ.व २०७९/८० को अध्यक्षको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत , कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत, सचिवको प्रतिवेदन प्रस्तुत, छलफल तथा अनुमोदन , लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन,आ.व. २०७९/८० को लेखा परिक्षकको प्रतिवेदन प्रस्तुत, आ.व.२०८०/८१ को लेखा परिक्षकको नियुक्ति तथा पारिश्रमिक,विनियम पुनः लेखन तथा संसोधन, निति संशोधन तथा कार्यविधि निर्माण लगाएतको विषयमा साधारणसभामा छलफल भएको थियोे ।



