सुनसरी / कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संविधानको धारा १६८ को उपधारा ९५० अनुसार विश्वासको मत पाएका छन् ।
कार्कीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ८६ र विपक्षमा ५ मत प्राप्त भएको थियो । छ जना राप्रपाका सदस्य मध्ये एक जना भने अनुपस्थित रहेका थिए ।
मुख्यमन्त्री कार्कीलाई एमालेका ३९, काँग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा ९ एकीकृत समाजवादीका ४ र जसपाको १ सांसदले विश्वासको मत दिएका हुन् । कार्र्की कोशी प्रदेशको दोस्रो प्रदेशसभाको तेस्रो पाँचौं पटकको मुख्यमन्त्री बनेका छन् ।
एमालेका ३९ र काँग्रेसका विद्रोही ८ सांसदको समर्थनमा कार्की मुख्यमन्त्री भएका हुन् । यद्यपि गठबन्धन दलले पनि उनलाई समर्थन गर्दै विश्वासको मत दिएको हो ।
विश्वासको मत पाइसके पछि संचारकर्मीहरु संग कुरा गर्दै मुख्यमन्त्री केदार कार्कीले सवै दलहरुसंग सम्बाद गरेर सहमतिय सरकारको प्रयास गर्ने बताएका छन् । उनले जनसेवा जनअधिकारको रक्षा सुसासन संर्गै समृद्धि सरकारको लक्ष रहेको बताए ।
नेकपा एमाले संसदियदलका नेता एवम् पुर्व मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेकपा एमालेले सहयोग गरे कोशी सरकार बनाएको हुनाले सरकारमा बस्ने बताएका छन् । उनले केदारकार्कीलाई हामीले समर्थन गर्यौं र मध्यावधिमा जानसक्ने चक्रको अन्त्य गरेको बताए ।
नेपाली कांग्रेसका नेता एवम पुर्व मुख्यमन्त्री उद्धव थापाले पार्टी भित्र कुण्ठा बोकेर संघर्ष गरेर युद्ध मैदानमा युद्ध जितेर घर फर्के पछि सम्मानका साथ सुइकारेको बताए ।


