इटहरी / नेपालीहरूको महान चाँड दशैं, तिहार र छठ पर्वको समयमा रक्तदान कार्यक्रमहरु कम हुने भएकाले विरामीहरुलाई समस्या नहोस भनेर नेपाल तरुण दल इटहरी वडा नम्बर ७ ले रक्तदान कार्यक्रम गरेको छ ।
नेपाल तरुण दल सुनसरीका सभापति सिजन गुरूङको प्रमुख आतिथ्य तथा आयोजक इटहरी वडा नम्बर ७ का सभापति अतिथ राईको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा ५४ जना महिला पुरुषले रक्तदान गरेका हुन ।
रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्तसंचार केन्द्र धरानको प्राविधिक सहयोग रहेको थियो । रक्तदान कार्यक्रममा इटहरी उपमहानगरपालिका वडा नम्बर ७ का पुर्व वडाध्यक्ष नरबहादुर राई , नेपाली काँग्रेस इटहरी वडा ७का उपाध्यक्षद्धय जयनारायण चौधरी र बसन्त कार्की लगायतका नेपाली काँग्रेस निकट व्यक्ति , नेपाल तरुण दल इटहरीका विभिन्न प्रतिनिधि स्थानीय नेताहरुको सहभागिता रहेको थियो ।


