मोरङ / सहारा नेपाल साकाेस सेवा केन्द्र रमाईलाेले कानेपाेखरि ५ रमाईलाे महाराज थान मन्दिर परिसर सरसफाई तथा चाडपर्व शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेकाे छ ।

शेयर सदस्य तेज कुमारी भट्टराईकाे अध्यक्षता तथा कानेपोखरी गाउँ पालिका वडा न ५ का वडा अध्यक्ष चरण गुरुङकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमकाे संचालन कर्मचारि पेसल कुमारि शर्मा र स्वागत मन्तब्य सरला कार्किले गर्नु भएकाे थियाे ।

received_3517579891890970कानेपोखरी गाउँ पालिका वडा न ५ वडा सदस्य सुसिला धिमाल, अस्थायी प्रहरी चाैकि बाट सराेज घिमिरे,सहारा नेपालका अनुगमन प्रमुख महेश तामाङ,JOA परियाेजनाका माेरङ जिल्ला अधिकृत मिथुनसेन चाैधरी,सहारा पशु प्राबिधिक संजित यादबकाे अातिथ्यता रहेकाे कार्यक्रममा शाखा प्रमुख कुसुम चुडालले कार्यक्रमकाे औचित्य सहित सेवाकेन्द्रकाे प्रगति र गरेका सामाजिक गतिबिधि बारे बाेल्नु भएकाे थियाे। प्रमुख चुडालले सहारामा ६ प्रकारका सदस्यता रहेकाले आफुलाई अनुकुल हुने सदस्यता लिई सहारामा आबद्ध हुन अनुराेध पनि गर्नु भएको थियो ।

received_689877403071210

अनुगमन प्रमुख तामाङले सहाराकाे बित्तिय तथा सामाजिक उत्तरदायित्व कार्यक्रम बारे बाेल्दै दिनदिनै सहकारि प्रति जन बिस्वास घटिरहेकाे,धेरै सहकारी धारासायि भईरहेपनि सहारा नेपाल सहकारि बाहय ऋण मुक्त सहकारि भएकाे बताउनु भयाे । पल्स मनिटरिङ प्रणाली बमाेजिम हाल पनि सहाराकाे बित्तिय सुचकांक हरु ठिकै रहेकाेले सबैलाई निर्ढुक्क भएर ऋण बचत काराेबार गर्न र सदस्यता खुला रहेकाेले बाकि हुने लाई सदस्यता लिन आग्रह पनि गरेका थिए JOA प्रतिनिधि चाैधरीले बर्तमान परिप्रेक्ष्यमा हरेक नागरिकले बित्तिय साक्षरता बारे स्पस्ट हुन जरुरि रहेकाे बताउदै टाेलटाेलमा समुहमा आबद्ध भई बित्तिय रुपमा साक्षर बन्न अनुराेध गरेका थिए । पसु प्राबिधिक यादबले सहाराले प्रदान गर्ने पसु बिमा र पसु सेवा बारे जानकारि दिनुभएको थियो भने अतिथिहरुले शुभकामना प्रदान गरेका थिए ।

received_1379207012993986

साेहि कार्यक्रममा १९२ कि शेयर सदस्य बसन्ती गुरुङकाे असामयिक निधन भएकाेले सहाराकाे कर्जा सुरक्षण कार्यक्रम अन्तर्गत मृतककाे श्रीमान पुर्ण ब गुरुङ लाई ऋण मिनाहा र काजकिरिया बापत रु ५५५००० काे चेक प्रमुख अतिथि मार्फत हस्तान्तरण समेत गरिएकाे थियाे ।

प्रमुख अतिथि बाट ब्यानर बाचन गरि उदघाटन गरिएकाे कार्यक्रममा सबै अतिथिहरुलाई सहाराकाे तर्फ बाट मायाकाे चिनाे प्रदान गरिएकाे थियाे भने पुस्प गुच्छा द्वारा सबैमा शुभकामना अादान प्रदान गरिएकाे थियाे ।शुभकामना संगै दशै गितमा सामुहिक नृत्य तथा म्युजिकल चेयर कार्यक्रम सहित रमाइलाे गरिएकाे थियाे ।

received_721175330031771

प्रमुख अतिथि वडा अध्यक्ष गुरुङले सहारा सहकारि मात्र नभई साचै नै सहारा बनेकाे र सहारा सग सहकार्य गरेर हाल कानेपाेखरि गाउपालिका ३ राजगान स्थित मुसहर बस्तिमा सहारा नेपाल, हेबिटेट नेपाल र कानेपाेखरि गाउपालिकाकाे साझेदारिमा ३३ वटा सुरक्षित अावास निर्माण भई घर हस्तान्तरणकाे चरणमा रहेकाे र चालू अाब मा पालिकामा १ कराेड बजेट यश शिर्सक अन्तर्गत बिनियाेजन गरेकाे जानकारि गराउदै अागामि दिनमा निरन्तर साझेदारि गर्ने साेच रहेकाे बताउनु भयाे ।

कार्यक्रममा सदस्यहरु तुलसा खडका र कबिता राईले संस्था प्रति केही सुझाब सहित जिज्ञासा समेत राखेका थिए । सदस्य निर्मला खडकाले सहाराकाे जीवन बरदान कार्यक्रमबाट अाफुले पुनर्जन्म पाएकाे भन्दै सहाराकाे खुलेरै प्रशंसा समेत गरेकि थिइन,