इटहरी । नेकपा एमाले इटहरी नगर कार्यपालिका सदस्यहरुले कात्र्तिक १२ गतेभित्र कार्यपालिका बैठक राख्न माग राखेर नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएका छन् ।

मेयर हेमकर्ण पौडेललाई सम्बोधन गर्दै लेखिएको पत्र मा १७ जना कार्यपालिका सदस्यहरुले हस्ताक्षर गरेका छन् ।  

कर समायोजन गर्न धेरै ढिला भएको उल्लेख गर्दै तुरुन्त बैठक बोलाउन माग गरिएको हो । विहीबार बोलाइएको बैठक कार्यसुचीमा प्रवेश नै नगरी स्थगित गरिएको भन्दै असहमती समेत जनाइएको छ ।

स्थानीय सरकार सञ्चालन ऐनमा महिनामा कम्तिमा एक पटक कार्यपालिका बैठक राख्नुपर्ने व्यवस्था रहेकोमा २ महिना भन्दा बढी समयसम्म बैठक नबोलाएको आरोपसमेत पत्रमा लगाइएको छ । विजया दशमीको बिदा सकिने दिन कात्र्तिक १० गतेका मितिले ४८ घण्टा भित्र कार्यपालिकाको बैठक राख्न माग गरिएको छ । 

नगर प्रमुखले बैठकको अध्यक्षता गर्न नसक्ने भए नगर उप प्रमुखको अध्यक्षतामा बैठक बसिने बताइएको छ ।

received_2067344633604634