महालक्ष्मी / महालक्ष्मी नगरपालिका धनकुटाले पालिकाको बारेमा फैलिएको भ्रामक सुचनाको बारेमा ध्यानाकर्षण भएको जनाएको छ ।
मेयर ध्रुब राज रायद्वारा हस्ताक्षरित बिज्ञप्तीमा केहि दिन अघिवाट आएका भ्रामक सुचना प्रसारण भएकामा ध्यानाकर्षण भएको जनाउदै कर्मचारीले पदिय मर्यदा बिपरीत ब्याक्तिगत रिसिइबिका कारण अख्तियारमा उजुरी परेको जनाइएको छ ।
अख्तियारमा उजुरी पर्दैमा अनियमितता भएको भन्न नमिल्ने र अख्तियारमा उजुरी पर्ने पर्दैमा भ्रष्टचार भएको ठहर नहुने भनिएको छ । आर्थिक बर्ष २०७६-७७ शैक्षिक साक्षरता सुधारको र २०७५-७६ डिपिआर गर्दा तथा बिभिन्न आयोजना निर्माणको काममा समेत अनियमितता भएको भनि छानबिनकै क्रममा रहेको तथा यो बर्षका पनि केहि योजनाको बारेमा उजुरी परेको र आफुहरुले आबश्यक जनाइएको छ ।
कागजात उपलब्ध गराइरहेको मेयर धुबराज रायले आफु पछि अनियमितताको बिरुद्दमा रहेको बताउनु भयो । हामी अख्तियारलाई छानबिनमा सबै प्रकारको सहयोग गछौ उहाले भन्नुभयो ।




