इटहरी / इटहरी ५ स्थित रक्तमाला खेल मैदानमा शितलामाई एण्ड के.वि याम्फुको पहिलो डेएर ड्रिम्स दशै फुटबलको उपाधी द हिस्टोरियन धाराले पाएको छ ।

दशै तिहारलाई लक्षित गरेर हाम्रो गोल लागु औषध दुव्र्यसनी विरूद्धको बोल भन्ने मुल नाराका साथ इटहरीको डेएर ड्रिम्स सोसाइटीको आयोजनामा असोज २७ गते देखि सञ्चालन भएको शितलामाई एण्ड के.वि याम्फुको पहिलो डेएर ड्रिम्स दशै फुटबलको उपाधी द हिस्टोरियन धाराले पाएको छ ।

आजको फाइनल खेलमा रामजानकी द ग्रेट भर्सेस र द हिस्टोरियन धाराको फाइनल खेल प्रतिपर्धा भएको हो । द हिस्टोरियन धाराले ३-० गोल अन्तरले  रामजानकी द ग्रेटलाई पराजित गरेका छन् । 


ट्रफी मेडल प्रमाण पत्र सहित ३० केजि खसि उपहार दिएको छ । द हिस्टोरियन धाराका खेलाडी बेस्ट प्लेएर अफ द टुनामेन्ट उज्ज्वल थामी भएका छन् । सालुम मगरले ५ गोल प्रहार गरी प्रतियोगिताको हाइस्कोरर समेत भएका छन् । सोहीटिमका उत्कृष्ट गोलरक्षक भुपेन्द्र श्रेष्ठ भएका छन् । बेस्ट फर्वाड राजेन्द्र विक भएका छन् भने  बोस्ट कोच दिपेन्द्र श्रेष्ठ भएका हुन् ।IMG_20231021_203601


दोस्रो हुनेमा रामजानकी द ग्रेटलाई ट्रफि मेडण प्रमाण पत्र सहित उपहारमा २० केजि कुखुरा पुरस्कार प्रदान गरिएको छ । सोही टिमका गुणराज न्यौपाने बेस्ट डिफेन्स भएका छन् भने अर्विन यादव बेस्ट मिड फिल्डर भएका छन् । प्रतियोताको उत्कृष्ट खेलाडी द हिस्टोरियन धाराका उज्ज्वल थामी हुनुभएका छन् भने फाइनल खेलको म्यानअफद म्याज सोही टिमका खेलाडी भएका कार्यक्रम संयोजक अदव वान्तवा जानकारी दिए  ।

IMG-20231021-WA0001

खेलको प्रमुख अतिथि इटहरी उपमहानगरपालिकाका प्रवक्ता दिवस पोखरेल ,  विशिष्ट अतिथिमा सुनसरी जिल्ला फुटबल महासंघका महासचिव कोविदजंग कार्की  , आयोजकका अध्यक्ष सरोज श्रेष्ठ  , विभिन्न टोल विकास संस्थाका प्रतिनिधि , खेलाडी , स्थानीय लगाएतको सहभागी रहेको थियोे । कार्यक्रम उद्घोषक रविन थापा मगरले गरेका थिए । खेलको मुख्य प्रायोजक श्रि सितलामाई कार्गो एण्ड सप्लायर्स प्रा.लि र के.बि याम्फु कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लिले गरेको हो ।IMG_20231021_224705