सुनसरी / आश्विन शुक्ल पक्षको द्वादशी, बडादशैँको टीका लगाउने क्रम बिहीबार पनि जारी छ। नवरात्रभर नवदुर्गा भवानीको पूजा अर्चना गरी विजयादशमीका दिन मान्यजनको हातबाट प्रसाद लगाउने चलन छ। 

घरमा मान्यजनको हातबाट टीका लगाएसँगै सर्वसाधारण आफन्तकहाँ जान्छन्। टाढा रहेका बन्धु, मावली र ससुरालीकहाँ टीका लगाउन जाने चलन छ। यो क्रम पूर्णिमासम्म रहन्छ।आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन जमरा विसर्जन गर्ने चलन छ।

मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएसँगै घरबाहिरका मान्यजनका टीका एवं आशीर्वाद थाप्न हिँड्नेको चहलपहल सुरु भएको छ ।

दसैँघर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइएको हो । घरमा मान्यजनबाट टीका र जमरा ग्रहण गरी मामाघर, सुरालीलगायत आफन्तकहाँ जानेका कारण चहलपहल बढेको हो । 

टीका प्रसाद ग्रहण गर्न समितिले बिहान ११ स् ०२ बजेको साइत निकालेको थियो । साइतमै टीका लगाउँदा देवीको विशेष शक्ति प्राप्त हुन्छ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । 

आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापेर मनाइँदै छ ।