तेर्ह्रथुम / तेह्रथुमको फेदाप गाउँपालिका-५ ईसिबुमा गयराती आगलागी भएको छ ।
आगलागीबाट दसै तिहार लक्षित सामान ले भरिभराउ पसलमा गए राति १२ बजे आगलागी भएको र आगलागी बाट बिक्री का लागि राखिएका लत्ताकपडा , जुत्ता चप्पल , खाध्यान , स्टेसनरी , घर निर्माण सामाग्री , बिजुली जडानका सामाग्री सहित सामान बिक्रि भएर जम्मा भएको रु ४ लाख बढि नगद सहित ४१ लाख भन्दा माथी क्षती भएको फेदाप गाउँपालिका-५ का वडा अध्यक्ष पुरूशोत्तम तिम्सिनाले बताए । ।
फेदापका बिस्णुप्रसाद तिम्सिना को इसिबु माबि नजिक रहेको घरमा आगलागी भएको र आगलागी भइरहेको समयमा त्यस स्थानमा पुगि स्थानीयसँग को सहकार्यबाट आगो नियन्त्रणमा लिएर अझ ठुलो दुर्घटना हुनबाट जोगाउदै वडा अध्यक्ष पुरुसोत्तम तिम्सिनाले चाडपर्वको समयमा यस्ता बिभिन्न घटनाबाट बच्न सजग हुनुपर्ने बताउनुभयो ।



