मोरङ / मोरङको पथरीशनिश्चरे प्रिमियर लिग क्रीकेटको चौथो संस्करण शुकबारबाट सुरु भएको छ ।
उदघाटन खेलमा साबिक बिजेता सात बाघ रोयल किङ्ग्ससँग ३४ रनले पराजित भएको छ । टस हारेर ब्याटिङमा उत्रिएको रोयल किङ्सले २० ओभरमा ८ विकेट गुमाएर १३४ रन बनायो । रोयलका लागि शिवम यादबले नट आउट ३७ बनाउँदा महेश कार्कीले २७ रन बनाए । यस्तै संन्जय प्याक्राले १७ रन बनाए । सातबाघ लागि फिर्दोस अन्सारीले ४ बिकेट लिदा अस्विन महतले ३ बिकेट लिए ।
१३५ रनको मध्यम लक्ष्य लिएर मैदान उत्रिएको सात बाघ १७ ओभर ५ बलमा अल आउट हुँदै १०० रनमा समेटियो । सातबाघका लागि फिर्दोस अन्सारीले २६, अस्विन महतले २५ र पुकार राईले १७ रन बनाउन बाहेक अन्य खेलाडीले दोहोरो रन जोडन सकेन्न । रोयलका शिवन यादब , राज बस्नेत , दिवस राजबंशी र सुवास भण्डारीले समान २-२ बिकेट लिए ।
खेलको म्यान अफ दि म्याच रोयलका शिवन यादब घोषित भए । पथरीशनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहन तुम्वापोले प्रतियोगिताको उदघाटन गरेका थिए । नगरका ७ फ्रेन्चाइज टोलीको सहभागिता रहेको प्रतियोगिता कार्तिक २५ सम्म सन्चालन हुने छ ।


