दुहबी / सुनसरीको दुहवीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
सुनसरीको दुहवी नगरपालिका वडा नम्बर - ११ भित्री पक्की सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को ४प ९१७८ नम्बरको १२५ सिसीको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको को २४ प १७५८ नम्बरको १२५ सिसीको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।
दुर्घटना हुँदा को ४ प ९१७८ नम्बरको चालक दुहबी - न.पा. ११ बस्ने वर्ष ५० को अनन्तराम चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
को २४प १७५८ नम्बरको मोटरसाइकल चालक देवानगंज नगरपालिका -२ बस्ने वर्ष २९ को नजामुदीन मियाँ सामान्य घाइते भएको प्रहरीले जनाएको छ । तीब्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।


