इटहरी । देशकै सर्वउत्कृष्ट सहकारी संस्थाका रुपमा पुरस्कृत भई सकेको सुनसरीको इटहरीमा रहेको किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफनो २८ औं स्थापना विभिन्न कार्यक्रम गरी सम्पन्न गरेकोे छ । 

सहकारीले स्थापना दिवसको अवसरमा विभिन्न विधामा सम्मान,पुरस्कृत,सास्कृतीक कार्यक्रमका साथै संस्था स्थापनाको २८ वर्ष प्रवेश गरेको अवसरमा केक काटेर मनाएको हो ।                                                                                    IMG_20231030_131328_1

संस्थाका अध्यक्ष शालिक राम ढकालको अध्यक्षतामा भएको कार्यक्रममा ज्येष्ठ नागरिक बचत कर्ता पुरस्कार बाट भक्त बहादुर श्रेष्ठ, लोलाई चौधरी र मोक्ष्य भण्डारीलाई सम्मान गरिएको छ । 

कार्यक्रमका प्रमुख अतिथि रहेका राष्ट्रिय सहकारी महासंघ, नेपालका अध्यक्ष मिनराज कँडेललाई ,सहकारी अभियान्ता विशेष सम्मान बाट नगद १० हजार सहित सम्मान गरेको हो ।                                                                          IMG_20231030_121054_1

साथै उत्कृष्ट कर्मचारी सम्मान बाट राजाबास सेवा केन्द्रका रमेश दाहाल र  इटहरी सेवा केन्द्रकी उत्कृष्ट बजार कर्मचारी सम्मान बाट लक्ष्मिदेवी अधिकारी लाई नगद सहित सम्मानित भएका छन् भने सञ्चारकर्र्मी, उत्कृष्ट सेवाकेन्द्र, बाल बचतकर्ता, फरक क्षमता भएका,उत्कृष्ट कृषक,उत्कृष्ट उद्यमी,उत्कृष्ट ब्यवसायी,उत्कृष्ट युवा उद्यमी,बढी पटक शेयर खरिद गर्ने, धेरै खाताखोली नियमित कारोबार गर्ने, नियमित बचत गर्ने, असल ऋणी लगायत लाई कार्यक्रमका अतिथि हरुले सम्मान तथा पुरस्कृत गरेका थिए।

सुनसरी जिल्लाको ५ वटा स्थानीय तहका ४८ वटा वडामा कार्यक्षेत्र विस्तार भएको र विभिन्न स्थानमा ८ वटा सेवाकेन्द्र सञ्चालनमा रहेको छभने ५८ जना कर्मचारीहरुले सेवा प्रदान गरिरहेका छ ।                                                     

कुल सम्पति १ अर्व २९ करोड सेयर पुँजी ९ करोड ९३ लाख, बचत निक्षे ९१ करोड २० लाख, लगानीमा रहेको ऋण १ अर्व नाघेको र ऋण सुरक्षण ५ करोड १४ लाख रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत पुष्कर बस्नेतले बार्षिक कार्य प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । 

कार्यक्रममा  नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघका अध्यक्ष परितोष पौड्याल, पुर्वाञ्चल बचत तथा सहकारी संस्थाका  अध्यक्ष दिनेशकुमार भट्टराई, जिल्ला सहकारी संघ सुनसरीका अध्यक्ष गंगाप्रसाद दाहाल, मोरङ जिल्ला सहकारी संघका सञ्चालक हेराज भट्टराई, लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।

IMG_20231030_132355