इटहरी । चाडपर्वको समयलाई लक्षित गरी सुनसरीको इटहरीमा एक महिने मिनी महोत्सव २०८० सुरु भएको छ । इटहरी फुटवल क्लवको आयोजनामा यही कार्तिक ४ गते देखि आगामी मंसीर ४ गते सम्म सञ्चालन हुने गरी मिनी महोत्सव जारी रहेको हो । इटहरी उपमहानगरपालिका वडा नम्बर ९मा रहेको जनता माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन भई रहेको मिनी महोत्सवमा विशेष गरी बालबालिकाको मनोरञ्जनका साधनहरु रोटेपीगं, ड्रागन रेल , ब्रेक डान्स , मिक्की माउस , झुला लगायतका मानोरञ्जनका सामाग्रीहरु रहेका छन भने विभिन्न स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने सांस्कृतिक कार्यक्रम समेत सञ्चालन गरिदै आएको मेला संचालक कपिल गुरुगंले जानकारी दिए ।


