इटहरी / मगरको शब्द रहेको रुमाल साटौला गीत युटुबमा सार्वजनिक गरिएको छ ।
‘रुमाल साटौँला लै–लै माया गासौँला,हाँसीखुसी रमाउँदै ए हौ जुनी काटौँला ’ भन्ने गित अहिलेको किशोर तथा युवापुस्तालाई आकर्षित गर्ने शब्द लोकलयमा मिसाएर इटहरीका गीत–सङ्गीत सर्जक एनबी (नरबहादुर) मगरले तयार पारेको ‘रुमाल साटौँला’ बोलको साङ्गीतिक सिर्जना सोमबार युटुबमा सार्वजनिक गरिएको छ ।
मनोरञ्जन नेपाल युटुब च्यानलमार्फत सार्वजनिक गरिएको ‘रुमाल साटौँला’ गीतमा दीपेन्द्र राई र बबिना किरातीको युगल स्वर छ भने शब्द तथा सङ्गीत एनबी मगरको रहेको छ । सरस्वती जब्दी मावि इटहरी–१६ का शिक्षकसमेत रहेका एनबी मगरले यो गीतको एमपी–थ्री तथा भिडियो निर्माण आफ्नै खर्चमा गरेका हुन् ।
जिडिटल साङ्गीतिक बजार युटुबमा राखिएको उनको यो पहिलो साङ्गीतिक सिर्जना हो । गीतको भिडियोमा प्रियन मगर, सुमिना लिम्बु, प्रदिप कोइराला, अस्मी थेगिम लिम्बु, अभिषेक लिम्बु, सुविक्षा थापा मगरलगायत कलाकारको अभिनय तथा नृत्य प्रस्तुत गरिएको छ ।
पटकथा एवम् निर्देशन लेखक स्वयमको रहेको छ । पूर्वाञ्चल डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यो गीतका एरेन्जर कुन्दन राई तथा क्यामेरा–पर्सन रिकेश बज्राचार्य रहेका छन् । नयाँ वृन्दावन गौशाला तथा इटहरीको सेरोफेरोमा छायाङ्कन गरिएको गीतको भिडियो निर्माणमा बज क्रिएसनले सहजीकरण गरेको छ ।

