सुनसरी / सुनसरीको बराहक्षेत्र नगरपालिका -५ कालाबञ्जार स्थितबाट निषेधित तथा म्याद गुज्रिएको औषधी बिक्री बितरण गर्ने २ जना सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा रहेको सुभेक्षा मेडिकलबाट नियन्त्रित तथा म्याद गुज्रिएको औषधीहरु बिक्री बितरण भइरहेको भन्ने बिशेष सुचनाका आधारमा पकाउ गरिएको छ । 

ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट मंगलवार खटिएको प्रहरी टोलीले औषधी बिक्री गर्ने स्थानिय ५० बर्षिय विनय चौधरी निजकै २१ बर्षिया छोरी सुभेक्षा चौधरी तथा औषधी खरिद गर्ने बराहक्षेत्र नगरपालिका ८ का २१ बर्षिय रोमन नेपाली र बराहक्षेत्र नगरपालिका ३ का २१ बर्षिय विधान राईलाई पक्राउ गरेको हो ।