संखुवासभा / संखुवासभाको सदरमुकाम खाँदबारी र तुम्लिङटारमा लाग्दै आएको साप्ताहिक हाटबजार खाँदबारी नगरपालिकाले ब्यबस्थित बनाएको छ ।
सदरमुकाम स्थित खाँदबारीको टुडीखेलमा साप्ताहिक रुपमा शनिबार र बुधबार लाग्र्दै आएको हाज बजार अब्यबस्थित भएको भन्दै जनगुनासो ब्यापक भएको थियो ।
अव्यवस्थित तरिकाले खाँदबारीमा लाग्ने शनिबारे र बुधबारे हाटबजारलाई ब्यवस्थित गर्न पटक–पटक खाँदबारी नगरपालिकाको कार्यालयले अनुरोध गर्दा समेत बिचौलिया ब्यवसायीहरुले अटेरीपनले गर्दा र नटेर्दा अर्गानिक र साना–साना कृषि उत्पादन बिक्रिवितरण गर्न ल्याउने कृषकहरुले ठाउँ नपाउदा समस्या भएको भन्दै आलोचना हुने गरेका थिए ।
बजारका केही बिचौलियाहरुले साताभरि नै खुल्ला टुडीखेलमा दोकानको त्रिपाल नहटाउने, सार्वजनिक गाडीहरु समेत त्यही पार्किङ्ग गर्ने र फोहोर त्यही फ्याक्ने गरिएकाले विरुप बन्र्दै गएको थियो ।
यसअगाडी पनि खाँदबारी नगरपालिकाले पटक–पटक ताकेता गर्दा पनि अटेरी गरेपछि मंगलबार समस्यालाई समाधान गर्न फिल्डमा नै पुगेर खाँदबारी नगरपालिकाका मेयर महेश थपलिया र उपमेयर महेश्वरा बज्राचार्य श्रेष्ठले अनुगमन गर्दै बजार ब्यबस्थित गरेका छन् ।
बजारलाई तीन भागमा वर्गीकरणले ब्याबसायीहरुलाई सजिलो बनाइएको खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाले बताए । उनले ठूला र साना ब्याबसायीहरुको वर्गीकरण गरिएको, ठूला ब्याबसायी बढि राजश्व र साना ब्याबसायीलाई कम कर लगाइने समेत बताए ।
बजारलाई ब्यबस्थित गर्दा बुधबार लागेको हाटबजार निकै ब्यबस्थित देखिएको थियो । बजारमा आउने अधिकाँसले खाँदबारी नगरपालिकाको प्रसंसा समेत गरेका थिए । खाँदबारी नगरपालिकाका मेयर थपलियाले निर्वाचीत भएर आउने बित्तिकै कृषिजन्य बस्तुमा कर नलगाउने घोषणा गरी कार्यन्वयन समेत गरेका थिए ।


