इटहरी / भ्वाईस अफ चिल्ड्रेन इटहरी सुनसरीले आर्थिक वर्ष २०७९/ ८० का क्रियाकलाप र मुख्य उपलब्धिहरू प्रस्तुत गरेको छ ।

इटहरीमा एक कार्यक्रम आयोजना गरि भ्वाईस अफ चिल्ड्रेनले सामाजिक लेखाजोखा कार्यक्रम  अन्तर्गत आत्म निर्भर पारिवार परियोजना गर्ने काम ,  प्रारम्भिक बाल विकास कार्यक्रम गर्ने , अनलाइन बाल यौन दुव्र्यवहार रोकथाम कार्यक्रम गर्ने पारिवारिक ताथ सामाजिक पुनमिलन कार्यक्रम गर्ने , सडक बालबालिका कार्यक्रम गर्ने , बाल हेल्पलाइन सेवा गर्ने  , सामुदायिक प्रहरी साझेदारीको जनचेतनामूलक कार्यक्रम गर्ने काम लगाएत काम गर्दै आएको छ । 

इटहरी उपमहानगरपालिकाका उप-प्रमुख संगिता कुमारी चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियोे ।IMG_20231103_193511

बालबालिकालाई परिवारबाट अलग हुन र समुदायमा हुने दुर्व्यवहार र शोषणबाट जोगाउने , परिवारबाट अलग भएका बालबालिकाको संरक्षण र सामाजिक एकीकरण सुनिश्चित गर्ने, बाल अधिकार र संरक्षणको प्रवर्द्धनका लागि सरकारी संरषण प्रणालीलाई सुदृढ गर्न र बालअधिकारसम्बन्धी नीतिहरू कार्यान्वयन तथा पुनरावलोकनका लागि सहयोग गर्ने , बालअधिकार र संरक्षणको लागि श्रोत संस्थाको रूपमा स्थापित हुने उदेश्यहरू रहेको भ्वाईस अफ चिल्ड्रेन उप निर्देशक राजु घिमिरेले बताए । 

उनले एक वर्ष भरिका गरेका काम कर्तव्य क्रियाकलाप र मुख्य उपलब्धिहरू प्रस्तुत गरेका थिए । भ्वाईस अफ चिल्ड्रेनले बालबालिकाका क्षेत्रमा सकारात्मक काम कर्तव्य गर्दे अगाडि बढ्दै आएको छ ।  कार्यक्रम विभिन्न संघ संस्थाका प्रतिनिधि , इटहरीका विभिन्न विद्यालयका प्रधानध्यापक लगाएत गरी सय जना बढिको सहभागीता रहेको थियोे ।

IMG_20231103_193530