मोरङ / ‘हाम्रो पथरी, स्वच्छ सुन्दर पथरी’ भन्ने मूल नाराका साथ पथरी बजारमा सरसफाई गरिएको छ । 

आज शनिबार बिहान वडा स्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता व्यवस्थापन समिति पथरीशनिश्चरे–०१ को आयोजनामा  सरसफाई अभियान सम्पन्न भएको हो ।

पथरी शनिश्चरे नगरपालिका वडा नं ०१ का अध्यक्ष भीम राईको अगुवाईमा बिहान ७ बजे गोर्खा डिपार्टमेन्टबाट सुरु भएको अभियान पूर्व बस स्टेण्ड हुँदै पश्चिम बस स्टेण्डमा गएर समापन भएको थियो । अभियानका क्रममा फोहोर मैला सहित अनावश्यक तारहरु काटेर हटाइएको थियो ।  

उक्त अभियानका क्रममा नगरपालिकाका योजना तथा प्रशासन शाखा प्रमुख शिव राई, कर्मचारी सुरेन्द्र राई, युवा व्यवसायी तथा समाजसेवी प्रदिपकुमार राई, वडा सदस्यहरु, ईलाका प्रहरी कार्यालय पथरीका प्रहरी र पथरी ट्राफिक कार्यालयका ट्राफिक प्रहरी समेतको सहभागिता रहेको थियो ।IMG-20231104-WA0022