बराहक्षेत्र / बराहक्षेत्रको चक्रघट्टीमा लायन्स क्लब अफ सप्तकोशी डायनामिकले शनिबार विपन्न परिवारलाई १२ हजार बराबरको खाद्यान्न सामाग्री वितरण गरेको छ ।
बराहक्षेत्र नगरपालिका चक्रघट्टीमा रहेको सक्रिय सामाजिक संस्था लायन्स क्लब अफ सप्तकोशी डायनामिकले शनिबार आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारलाई १२ हजार बराबरको खाद्यान्न सामाग्री वितरण गरेको छ ।
क्लबका एल.सी.आइ.एफ. चेयर पर्सन लायन नानू ढुङ्गेल तथा द्वितीय उपाध्यक्ष लायन दीपाञ्जली बस्नेतका सुपुत्र स्वयं बस्नेतको जन्मोत्सवका अवसरमा दुई जनाको सौजन्यमा जन्मोत्सवमा खर्च हुने पैसाबाट समाजसेवा गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको क्लबका अध्यक्ष दूर्गानन्द दास (बिक्रम) ले बताए ।
क्लबले उक्त परिवारलाई २ महिनाका लागि पुग्ने चामल, तेल, दाल, आलु, सोयाबिन, आँटा, भुजा, चाउचाउ लगायतका दैनिक उपयोग हुने खाद्यान्न बितरण गरेको हो ।
स्थापना कालदेखि नै निरन्तर मानवीय सेवामा कार्य गर्दै आइरहेको क्लबले विगतका दिनहरूमा सरकारी विद्यालयहरूमा कपी वितरण, पंखा वितरण, विपन्न परिवारलाई न्यानो कपडा वितरण, स्वास्थ्य सिविर, रक्तदान लगायतका प्रत्यक्ष जनसरोकार तथा मानवीय सेवाका क्षेत्रमा कार्य गरिरहेको क्लबका संस्थापक अध्यक्ष सन्तोष चौलागाईले बताए ।


