इटहरी / बीपी कोइरालाको कथा शत्रु इटहरीको तायारिप्ची भवनमा मञ्चन गरिएको छ ।
एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल सुनसरीको आयोजना तथा कलालय इटहरीको सहकार्यमा तयार भएको नाटक वि.पीको शत्रु कथालाई नाटकीय रुपमा प्रस्तुत गरिएको हो । कलालय इटहरीका अध्यक्ष सोनु जयन्तीको परिकल्पना, प्रज्वल पराजुलीको निर्देशन तथा सुगम दुलालको नाट्करणमा बीपी कोइरालाको शत्रु कथालाई मञ्चन गरिएको थियो ।
वि.पीको मनोवैज्ञानिक कथाको कथ्य कस्तुलाई कलकारहरुले नाट्य रुपान्तरण कलात्मक ढ्ङगले, शत्रु कथालाइ प्रस्तुत गरेका हुन् । कलाकारहरुले जीवन्त, जनतासगँ समाजका पुराना गतिवीधी समेत नायँ पुस्ता सम्म पुर्यउन महत्त्वपुर्ण भूमिका प्रस्तुत गरिरहेको नाटक शत्रु शनिवार पनि तायारिप्ची भवनमा मञ्चन गरिएको हो ।
एकीकृत सरकारी कर्मचारी संगठन नेपालले कला क्षेत्रको विकासमा योगदान पुर्याउने उद्धेश्यले मञ्चन गरिएको शत्रु टिकट काटेर हेर्नका लागि टाढाटाढा देखि पनि मानिसहरु आएको र २ दिनमा १ हजार जनाले हेर्ने अनुमान गरिएको छ । "कर्मचारीहरु यो समाजका अभिन्न अंग हुन् ।
नागरिक सेवा र सेवाग्राही संगै बासेर हेर्दा, गहिरो सम्वन्ध बन्न सक्ने, अनुमान "गरिएको कुरा एकिकृत कर्मचारी संगठन सुनसरीकार्य समितीका अध्यक्ष गणेश प्रसाद भट्टराईले वताउनु भयो । "जनतासँग जोड्न समाजका यथार्थलाई, नयाँ पिडीसम्म पुर्यउन महत्तवपुर्ण भूमिका प्रस्तुत" गरिएको नाटकले आम दशर्कहरुलाको मन जित्न सकेको कुरा जिकिर गर्नुका साथै, नाटकका निर्देशनक, इटहरी कलालयलाई धन्यवाद दिनुभएको छ ।
जनतासँग जोड्ने कार्यक्रम गर्दै आएको कुरा जानकारी गराउदै, एकीकृत सरकारी कर्मचारी संगठन नेपाल सुनसरी जिल्लाकार्य समितीलाई एकीकृत सरकारी कर्मचारी संगठन नेपालका अध्यक्ष गगन सिंह विष्टले धन्यवाद व्यक्त गर्नु भएको छ ।
एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल सुनसरीले, इटहरी कलालयलाई जस्तै सहयो सरकारले गरिदीने हो भने, यस्ता बहुआयमीक नाटक, द्दारा जनतामा सचेतनाका साथमा, विभिन्न प्रकारका अलौकिक प्रत्यक्ष दृश्यसगै सकरात्मक शिक्षाका आम सर्वसाधारण सम्म पुर्यउन सकिन्छ ।
विगत देखि कलालय इटहरीले दक्ष कलाकारहरु तयार पार्ने उद्धेश्यले विभिन्न समयमा स्कुल थ्रिएटर, होम थ्रिएटर लगायतका अभियनसंग सम्वन्धीत नाटक प्रस्तुती करण साथै नाट्क कक्षाहरु समेत सञ्चालन गर्दै आएको छ ।


