इटहरी / पहिचानको आधारमा प्रदेशको पुनः नामाङ्कन गर्न माग गर्दै विभिन्न आदिवासी संघ, संगठनको एक्यवद्धता सभा सम्पन्न भएको छ ।
शनिबार इटहरीमा आयोजित सभामा सभ्यता, ईतिहास र पहिचानको आधारमा प्रदेशको नाम राख्न माग गर्दै चलिरहेको कोशी नाम विरुद्धको आन्दोलनमा विभिन्न आदिवासी संघ संस्थाहरूको ऐक्यबद्धता जनाएको हो ।
विभिन्न आदिवासी जनजाति संघ, संगठनहरुले जातीय पहिरनमा झाँकी सहित इटहरी चौक परिक्रमा गरेको हो । सभामा नेपाल आदिवासी जनजाति महासंघ सुनसरी अध्यक्ष राम माण्डुपा राईले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
संयुक्त एक्यवद्धता सभाले प्रदेश नं। १ लाई गरिएको कोशी प्रदेश नामाङ्कन खारेज, एतिहासिक सभ्यता सहित पहिचानको आधारमा सबै प्रदेशको नामाकरण, संविधान बमोजिम स्वायत्त क्षेत्र, विशेष क्षेत्र र संरक्षित क्षेत्र कायम, थारु लगायत आदिवासी जनजातिमाथी लगाइएको झुठो मुद्दा खारेज, संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र लोकतन्त्रमाथिको प्रहार बन्द र आदिवासी जनजातिमाथी गरिने हेपाहा अभिव्यक्ति तथा सबै खाले विभेदको अन्त गर्नु पर्ने साझा मुद्दाको रुपमा अगाडि सारेको हो ।
संयुुक्त ऐक्यबद्धता सभाका प्रमुख वक्ता नेपाल तामाङ घेदुङ अध्यक्ष मोहन गोले तामाङ रहेका थिए भने नेपाल आदिवासी जनजाति महासंघ अध्यक्ष ग्याल्जे लामा शेर्पा विशिष्ट वक्ताको रुपमा रहेका थिए ।
नेपाल मगर मगर सङ्घ सह अध्यक्ष गङ्गा बहादुर थापा मगरले कार्याक्रम सन्चालन गरेका हुन् । कार्यक्रमका बीच रुकुम र जाजरकोटका भुकम्प पीडितहरुको लागि राहत रकम समेत संकलन भएर सम्बन्धित निकायलाई हस्तान्तरण गरिएको छ ।
आफुहरुलाई राज्य सत्ताले सधै पछि पारिको विषयलाई चर्को रुपमा उठाएका छन् । २०७९ फागुन १७ गते बसेको प्रदेशसभा बैठकको बहुमतले प्रदेशको नाम कोशी पारित गरेपछि, पदेश पुर्णरुपमा अशान्त बनेको हो ।
कोशी प्रदेशमा सरकार स्थिर नभए पछि, केही दिन आन्दोलनका कार्यक्रम निष्कृय बनेका थिए । ०२८० कार्तिक १८ गतेको कोशी नामाङ्कन खारेजी आन्दोलनप्रति, नेपाल आदिवासी जनजाति महासंघ संयुक्त ऐक्यबद्धता सभाले फेरी आन्दोलन चर्कने होकि भन्ने मानोभावना सर्वसाधरणमा जागेको छ ।


