सिताराम चन्द्रवंशी (समीर)
बराहक्षेत्र / सुनसरीको बराहक्षेत्र नगरपालिका १० मा पिपलबोटे बचत तथा ऋण सहकारी संस्था लिमिटेड १४ औं साधारण सभाबाट अध्यक्षमा पुन बद्री कुमार बुढाथोकी सर्वसम्मत चयन भएका छन । बुढाथोकी जिल्ला सहकारी संघका सुनसरीका सदस्य पनि हुन् । १४ औं साधारण सभाबाट सर्बसम्मत रुपमा अध्यक्ष बद्री कुमार बुढाथोकी, उपाध्यक्ष पदमा भने निर्वाचन हुने भएको छ ।
त्यस्तै सचीवमा रुपनारायण दाहाल , कोसाध्यक्ष्यमा पुस्कर राज पाण्डे सदस्यमा क्रमशः कृष्ण बहादुर बिष्ट , चक्रमाणी अधिकारी ,राजेन्द्र बानिया , उमा कार्की राउत, भिम बिष्ट , मिना कट्वल दिपेन्द्र गोहित र लेखा समिति संयोजकमा तेज बहादुर पौडेल , रामकुमार मण्डल र बाबुराम कार्की सर्बसम्मत चयन भएका छन् ।
श्री प्रकाश मा.वि को सभाहलमा संचालन गरिएको साधारणसभामा जिल्ला सहकारी संघका सुनसरी को अध्यक्ष गंगा प्रसाद दाहाल , बचत तथा ऋण सहकारी संघका योग माया सुबेदि,बराहक्षेत्र नगरपालिका सहकारी शाखा प्रमुख मातृका प्रसाद तिवारी , रामधुनी बचत तथा ऋण सहकारीका अध्यक्ष गणेश कुमार पौडेल ,लालिगुँरास कृषि सहकारीका अध्यक्ष नबराज बस्नेत , गाउँबेशी कृषि सहकारीका विष्णु कुमारी श्रेष्ठ , पुर्व संचालक समिती लगायत अन्य बौद्धिक एवं शैक्षिक ब्याक्तित्वहरुको उपस्थित रहेको र संचालक समितीको अब उपाध्यक्ष पदमा मात्र निर्वाचन हुने निर्वाचन अधिकृत नवीन खनालले बताए ।

५ जना सदस्यहरु बाट संचालित सहकारी अहिले बराहक्षेत्र नगरपालीकाको नमुना रूपमा संचालित यस सहकारी संस्थाको स्थापना २०६६ सालमा भएको हो ।
" आफ्नो कार्यकाल मा यस सहकारी मा अहिले दिनहु प्रगति भइ रहेकोे छ अहिले आफ्नै ७ धुर जग्गा लिएर आफ्नै भवनमा सन्चालन गरि रहेको छौ र प्रत्येक बर्ष राष्ट्रिय सहकारी दिवस जिल्ला सहकारी संघ सम्पूर्ण को उपस्थितमा विभिन्न कार्यक्रम हरु मनाउने ,रक्तदान कार्यक्रम , फोहोर ब्यावस्थापन डस्विन राख्ने ,सेयर सदस्य लाई वितिय साक्षरता र उद्द्यमसिलता तालीम सन्चालन ,सुत्केरी पोसण राहत ,जेष्ठ नागरिक सम्मान कक्षा १२ उत्कृष्ट अंक ल्याउने सफल सेयर सदस्य को छोरा छोरिलाइ हौसला प्रदान गरि पुरस्कार दिने, उत्कृष्ट बचत एवं रिन कर्ता सम्मान, अवलोकन भ्रमण लगाएत सेयर सदस्य र संस्थाको हितका लागि सेवा प्रवीधि हितको छरितो पन दिई कार्य सदस्य सेवा मुखी बनाउन विभिन्न कार्य गर्न सक्रिय रहेको र आज सम्मान १४ औं कार्यकाल सम्म स्वयम् आफैँ सर्वसमात चयन भइरहेको हुनाले सहयोगि हातहरु सम्पूर्ण लाई धन्यवाद व्यक्त गर्दै सेवा प्रदान गरि आर्थिक रूपमा सबल र सक्षम बनाउन यश पिपल बोटे बचत तथा ऋण सहकारी संस्था सदैव लागि रहने छ सबैको सल्लाह र सुझाव लाई सिरोपर गरि संचालक समिती कर्मचारी साथिहरु सधैं तल्लीन भइ काम गर्ने अध्यक्ष बुढाथोकीले बताए ।
अहिले सहकारी डिभिजन कार्यलय सुनसरी इनरुवामा बिधिवत रूपमा दर्ता गराइ हाल बराहक्षेत्र नगरपालिकामा १८९७ सेयर सदस्य लाइ सेवा सुबिधा दिदै आएको अध्यक्ष बुढाथोकीले बताए ।


