सिताराम चन्द्रवंशी (समीर)
बराहक्षेत्र / सुनसरीको बराहक्षेत्र ५ भरौल सेवा केन्द्र कालाबन्जर मा सेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेड २३ औं साधारण सभा सम्पन्न भएको छ । सेवा बचत तथा ऋण सहकारी संस्था सुनसरी जिल्लाको इटहरि उपमहानगरपालिका , धरान उपमहानगरपालिका , दुहबी नगरपालिका , रामधुनी नगरपालिका , बराहक्षेत्र नगरपालिका र इनरुवा नगरपालिका लगाएत अन्य १ बुढिगङगा गाउँपालिका लाई समास्ठि गराइ यश अन्तर्गत इटहरि , भरौल , झुम्का , धरान र प्रकासपुर सेवा केन्द्रहरु मा आफ्नो सेवा दिई रहेकोे छ ।
सेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना रहेको साधारण सभा भरौल रेडक्रस भवन कालाबन्जर को सभाहलमा संचालन गरिएको हो । कार्यक्रममा सभापतिको रूपमा यस सहकारीको अध्यक्ष तिर्थ बहादुर पौडेल प्रमुख यस संस्थाको संयोजक जङ्गल बहादुर खड्का उपाध्यक्ष कल्पना तामाङ सचिब प्रदीप पोखरेल , अदिबक्ता सालिग्राम पण्डे , यश संस्थाको लेखा तथा सुपरिवेक्षण समिति संयोजक निमेश घिमिरे , सदस्यहरु अम्बिका नेपाल ,सुमित्रा चौधरी ,कृष्ण ब अधिकार , मदन काफ्ले नबराज पोखरेल , फुलमाया तामाङ ,सरिता भुजेल , सिताकुमारी चौधरी भिममाया पाख्रीना , पदम श्रेष्ठ ,खेमनाथ ,बिबेक अधीकारी लगाएत अन्य संचालक समितिहरु अतिथिको हरु बाट , पुर्व संचालक समिती लगायत अन्य बौद्धिक एवं शैक्षिक ब्याक्तित्वहरुको उपस्थित मा यस साधारण सभा संचालन गरिएको हो ।

सुनसरीकै नमुनाको रूपमा संचालित यस सहकारी संस्थाको स्थापना बि.स २०५५ सालमा भएको हो । यस सहकारी मा अहिले दिनहु प्रगति भइ रहेकोे छ । संस्थाको सुरुवाती बर्ष केहि सदस्यहरुमा मात्र सिमित रहि कारोबार गर्दै आएको स्थानीय सामुदायिक संस्था प्रती बढी चासो र बिपन्न परिवारका लागि लाघुबित्त कार्यक्रमको आवस्यकता लाई ध्यानाकर्षण गर्दै महिला लाई सहकारी सदस्य लाघुबित्त कार्यक्रमको मुल्य मान्यता ,र सकृय सबाल प्रशिक्षण एवं सचेतना गराइ महिला सामुह बचत तथा ऋण केन्द्र मार्फत लाघुबित्त कारोबार गर्दै आएको संस्थाको संयोजक प्रमुख अतिथि जङ्ग बहादुर खड्काले बताउनु भयो ।..
स्थापनाकाल देखिनै यश संथाले जिल्ला बचत तथा ऋण सहकारी संघ सुनसरी मा अगुवाईभइ आर्थिक ,सामाजिक तथा वातावरण सुधार एवं संस्था गत बिकासमा संलग्न भै संस्था लाई अगाडि बढउन सदैव तत्पर रहने भनी संस्थाको लेखा तथा सुपरिवेक्षण समिति संयोजक निमेश घिमिरे ले बताउनु भयो ।



