इटहरी / तराई मधेसमा सबैभन्दा ठूलो पर्वका रूपमा मनाउने गरिएको छठ पर्वमा सुनसरी र मोरङको सिमानास्थित बूढी खोलामा अस्ताउदो सुर्यलाई अर्घ दिई इटहरीमा पनि छट पर्व मनाएको छ ।
दुई लाख भक्तजनहरू भित्र्याउने तयारी सहित बुढीखोलामा झण्डै एक किलोमिटर क्षेत्रफलमा पाँच सयवटा पूजाघाट निर्माण गरिएको छ ।
२४ लाख बढी खर्च लारेर आयोजना आयोजक छैठपर्व सेवा समिति इटहरीले जनाएको छ । छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइन्छ भने त्यसको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ समापन गरिन्छ । ब्रतालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् ।
छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास छ ।अस्ताउँदो सूर्यलाई अर्घ दिन देशका विभिन्न स्थानमा पूजास्थलको निर्माण गरिएको छ ।


